Breaking News
“शिवचर्चा मण्डललाई सांस्कृतिक सामग्री वितरण”, धर्मसंस्कृति संरक्षणमा नगरको साथ:- नगरप्रमुख खातुन

“शिवचर्चा मण्डललाई सांस्कृतिक सामग्री वितरण”, धर्मसंस्कृति संरक्षणमा नगरको साथ:- नगरप्रमुख खातुन

आरएन पटेल,राैतहट,साउन २७ गते।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ५ र ७ स्थित दुई वटा शिवचर्चा मण्डललाई सांस्कृतिक सामाग्री वितरण गरिएकाे छ । धर्म-संस्कृति संरक्षणमा फतुवा बिजयपुर नगरको साथ र सहयोग हरबखत रहने नगरपालिकाको कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले बताएकी छिन। पालिकाको हर्षाहा र सन्तपुरकाे सांस्कृतिक मण्डललाई आज एक विशेष कार्यक्रमबीच धार्मिक तथा सांस्कृतिक कार्यक्रममा भजन-किर्तन तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजन गर्न सामग्री वितरण गरिएको छ ।
एक कार्यक्रमका बिच कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले साे सामाग्री वितरण गरेकी हुन । उहाँले धार्मिक र सांस्कृतिक मूल्यको संरक्षण र सम्वर्द्धनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वितरण गरिएका सामग्रीहरूमा हरमुनियम, मादल, झाल,झिल, माइक सेट, हर्न, एम्प्लिफायर लगायत भजन-किर्तनमा प्रयोग गरिने सम्पूर्ण सामग्रीहरु रहेका छन् । यी सामग्रीहरू पेटभर्वा, टेंग्राहा, विजयपुर र रामदासीमा सक्रिय शिवचर्चा मण्डल तथा विभिन्न भजन-किर्तन मण्डलहरूलाई पनि क्रमशः वितरण गरिनेछ।


आर्थिक वर्ष २०८१/८२ मा नगरसभाबाट स्वीकृत बजेटले खरिद भएको ती सामाग्रीहरू वितरण गरिएको हाे । सो अवसरमा प्रदेश सभा सदस्य पदका प्रत्यासी मोहम्मद सेराज पनि कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले धार्मिक संस्थाहरूले संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले राज्य र स्थानीय तहले यस्ता संस्थालाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवका अनुसार:- “नगरपालिकाले धर्म र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिइरहेको छ । यस किसिमका कार्यक्रमहरूले सामाजिक एकता र सांस्कृतिक चेतनालाई बढावा दिने विश्वास लिएको छु।”
जिन्सी शाखा प्रमुख हरिन्द्र प्रसाद यादवले सामग्री वितरण सम्बन्धी व्यवस्थापकीय पक्षबारे जानकारी गराउँदै भने, “सुनियोजित रूपमा आवश्यकताको मूल्याङ्कन गरेर सामग्री वितरण गरिएको हो, जसले मण्डलहरूको दैनिक धार्मिक क्रियाकलापलाई सहज बनाउनेछ।”


यस कार्यक्रमले स्थानिय समुदायमा धार्मिक चेतना र सांस्कृतिक गौरव अभिवृद्धि गर्ने अपेक्षा लिइएको छ ।
धर्म, संस्कृति र मूल्य मान्यतालाई प्राथमिकतामा राखी समग्र नगर बिकासको कार्य अगाडी बढिरहेको मेयर ख़ातूनको धारणा रहेको बताइएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*