Breaking News
बारामा अन्सारीद्वारा १५ लाखको महादेव मन्दिर शिलान्यास

बारामा अन्सारीद्वारा १५ लाखको महादेव मन्दिर शिलान्यास

सबिर आलम। बारा । १८ गते

आदर्श कोतवाल गाउँपालिकाद्वारा वडा न.७ मा जागेश्वर नाथ मन्दिरको शिलान्यास गरिएको छ।
हरिनारायण महतोको अध्यक्षता तथा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीको प्रमुख आतिथ्यमा शिलान्यास सम्पन्न भएको छ। वाडा न.७ का जग्गा दाता कैलाश महतोको रोहबरमा हिन्दु प्रम्परा अनुसार बिधिबत रुपमा पुजा गरी जगमा ईट राखी शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।


शिलान्यास कार्यक्रममा युवाको रुपमा बोल्दै ईर्शाद अन्सारीले भने आदर्श कोतवाल गाउँपालिकाले धार्मिक कामको विकासमा पनि अगाडि रहेको तथा आउदो दिनमा पनि अगाडी रहने छ, साथै हामी युवाहरुलाई विकास चाहिएकोले आउदो दिनमा विकास कै अपेक्षा रहेको भन्दै सम्पुर्ण आदर्श कोतवाल गाउँपालिकाका पदाधिकारी लगायहरुलाई बधाई दिनु भएको थियो। युवा नेता रामाकान्त साहले भने आज हामी प्रती जुन सदभावलाई जोडने काम भएको छ, तथा सौभाग्यपुर्ण बाताबरणमा एक अर्कालाई सम्मान गर्ने काम भएको छ,त्यस प्रती आभार प्रकट गर्दै हिन्दु धर्मबाट जुडेका सम्पुर्ण व्यक्तिहरुलाई पुजापाठ को सौभाग्य मिलोस भन्दै शुभकामना गरेका थिए।


त्यस्तै वाडा न.७ का हरिनारायण कुश्वाहाले भने यो मन्दिर उदघाटनको साथ साथै यहाँ भगवान महादेवको आगमन भएको कुरा अवगत गराउदै भने यो मन्दिरको औचित्य त्यो बेला पूरा हुन्छ जुन बेला तपाईंहरु भगवान महादेवको पुजामा आराधनामा हर बखत लागिरहनु हुन्छ।अर्को शब्दमा कुशवाहाले भने यो सृष्टिको जन्म दाता, र जिवहरुको अन्न दाता भगवान महादेव नै रहेको कुरा अवगत गराउदै यो शिलान्यास सरहानीय काम भएकोले सबै प्रति आभार प्रकट गरेका थिए। प्रमुख अतिथि आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीले भने हिन्दु,मुस्लिम, शेख,ईशाई हामी सब भाई भाईको स्मरण गराउदै, भने हामीहरुको धार्मिक,साकृतिक रितिरिवाज फरक भए पनि धार्मिक साहिसुनतालाई कायम राखी अगाडी बढनु आजको आवश्यकता रहेको छ। र यो मन्दिरको काम पहिला नै सम्पन्न भईसकेको हुन्थ्यो तर यहाँ दुई वटा मन्दिर शिलान्यास भईरहेको अवस्थामा हाम्रो समाजिक सदभाव कायम रहोस,हाम्रो समाजमा मेलमिलापको भावनाको सहकार्य होस भनेर अलि ढिलो भएको कुरा बताउनु भएको थियो।आउदो दिनमा तथा मेरो कार्यकाल बाकी रहेको दिन सम्म तपाईहरुको चाहना अनुसारको मन्दिरको आवश्यकता भए वा विस्तार गर्नु पर्यो भने२५ देखि ५० लाख सम्मको पनि मन्दिर बनाउने आश्वासन दिनु भएको थियोे ।


उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि आदर्श कोतवाल गाउँपालिका उप- प्रमुख पुनम देवी साह, श्री सीता राम सन्त समाजका केन्द्रीय अध्यक्ष किरण दास,जिल्ला समन्वय समिति बारा सदस्य विन्देश्वरी ठाकुर ,अतिथिमा वाडा न.१का वाडा अध्यक्ष राजेन्द्र पटेल,वाडा न.२ का वाडा अध्यक्ष बिनोद पटेल, वाडा न.३का वाडा अध्यक्ष धर्मेन्द्र यादव , वाडा न.४का वाडा अध्यक्ष शेख जवाहिर, वाडा न.६का वाडा अध्यक्ष मधुसूदन जैसवाल,वाडा न.७ का वाडा अध्यक्ष अलिउल्लाह अन्सारी,वाडा न.८ का वाडा अध्यक्ष उमाशकर शाह तेली, गा.पा.प्रत्याशी उम्मेदवार जवाह प्रसाद साह,बिधायक उम्मेदवार भागवत प्रसाद शाह, मातृका प्रसाद कोईराला, आदर्श कोतवाल गा.पा.का प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह, सहायक अधिकृत सुनिल थापा,प्रशासन शाखाका रामबाबु पाल,रानिवास मठका महन्थ अनुरुध मिश्र,गनेश बाबा,देवापुर टेटा मठको महन्थ श्री भागृत बाबा, कुड्वा (भल्दुसवा मठ) राम जानकी मठ का महन्थ तुलसी मुखिया,युवा नेता लालबहादुर साह,हेफाजुल अन्सारी ,समसाद अन्सारी ,प्रमोद कुशवाहा, हरेन्द्र शार्मा,हरिन्द्र प्रसाद कुशवाहा, राजिन्द्र ठाकुर ,भागनरायन साह,महादेव ठाकुर रामजिनिस कुशवाहा तथा गाउका भद्रभालदमीहरुको उपस्थित रहेको थियो भने उदघोषण मनिभुषण शार्माले गरेका थिए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*