आरएन पटेल । रौतहट । फाल्गुन २० गते
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ स्थित धर्मपुरमा विष्णु महायज्ञको नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रिबन काटेर उद्घाटन गर्नुभएको छ।
पूर्व प्रधानमन्त्री देउवालाई १०८ किलो मालाले स्वागत गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि आसनबाट सम्बोधन गर्दै उँहाले नेता मोहम्मद आफतावलाई नेकपा सरकारले बढी समय सम्म राख्ने कुनै ठाउँ नभएको उँहाले बताउनुभयो। नेपाली काङ्ग्रेसले नेता आफतावलाई छुट्टाउन लागेको उँहाले जिकिर गर्नुभयो। नेपाली कांग्रेस सत्यको पक्षमा मात्र लाग्ने उँहाले बताएका छन्। सभापति देउवाले देशको वर्तमान राजनितिक अवस्था हेरेर आफु चिन्तित रहेको र आउदा दिनमा अब सत्यलाई मात्र साथ दिने बताउनुभयो । कांग्रेस आम नेपाली जनताको पक्षमा रहेको र जनताले जसलाई साथ दिन भन्छ उसैलाई नै आफुहरुले साथ दिने सभापति देउवाले बताएका छन् । मुलुकलाई निकास दिन तथा विकास र समृद्धिको दिशामा अगाडि बढाउन कांग्रेस जुनसुकै चुनौतिलाई पनि सामना गर्न तयार रहेको उँहाले बताउनुभयो। महायज्ञको पूजा ११ दिन सम्म हुने साथै मेला समेत लाग्ने यज्ञ समिति एवं गढीमाई नपा वर्डा ६ का अध्यक्ष रामसिन्हासन यादवले जानकारी दिनुभयो।

सो उद्घाटन कार्यक्रमको विशिष्ट अतिथी नेपाली काङ्ग्रेस मकवानपुरको जिल्ला सभापति एवं बागमती प्रदेशका संसदीय दलका उपनेता,पूर्व गृहराज्यमन्त्री ईन्द्रदेव प्रसाद बानियाँ,अतिथि रौतहट जिल्ला सभापति कृष्णप्रसाद यादव ,प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना ,संविधान सभा सदस्य सुनिल कुमार यादव तथा स्थानीय जनप्रतिनिधि लगायत नेताकार्यकर्ताहरुको ठुलो सहभागिता रहेको थियो।
Sthaniya News
