मेवालाल यादव , रौतहट , फागुन ११ गते
रौतहट जिल्लाको १२ पालिकामा किसानहरूको सिंचाई समस्या समाधानका लागि मधेश प्रदेश सरकारका कृषि, पशुपंक्षी, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय र नेपाल विधुत प्राधिकरण प्रादेशिक कार्यालयले मधेश प्रदेशको सबै पालिकाहरुमा कृषि विधुतिकरण गर्ने निति लियाएको छ ।
किसानहरूले प्रत्यक्ष लाभ लिन सक्ने किसानहरूको सिंचाई समस्या को एक हदसम्म समाधान गर्न सकिने यस्तो महत्वपूर्ण कार्यक्रम प्रति राजदेवी नगरपालिका , राजपुर नगरपालिका , परोहा नगरपालिका , इशनाथ नगरपालिका , गौर नगरपालिका , बौधिमाइ नगरपालिका , वृदावन नगरपालिका, फतुवा नगरपालिका , गुजरा नगरपालिका , यामुना गाउँपालिका , चपुर नगरपालिका , गरुडा नगरपालिकाले ध्यान नदिएको कारण ध्यानार्कषण तथा यथाशीघ्र सम्बंधित निकायमा पहल कदमीको लागि जनमत पार्टी रौतहटको पुर्व घोशित कार्यक्रम अनुसार नगर कमितिद्वारा आज १२ पालिकाहरुमा ज्ञापन पत्र बुझाएको हुन् । जिल्ला सचिव बिकास_कुमार_यादवले जानकारी दिएका छन् । साथै यादवले भने यसै ज्ञापन-पत्र मार्फत यो कार्यक्रम शिघ्र लागू गरिएन भने वाध्यता वस हामी आन्दोलनमा जाने जानकारी गराएको हो ।