Breaking News
आवश्यकता परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने – रवि लामिछाने ।

आवश्यकता परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने – रवि लामिछाने ।

रौतहट, मंसिर ०९ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन सक्ने बताएका छन्।
रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे। ‘एउटा राजनीतिक दल भएकाले मुलकलाई ज्यादै अप्ठ्यारो पर्‍ यो वा परिस्थिति सिर्जना भयो र आवश्यकता परेको खण्डमा रास्वपा सरकारमा सहभागी हुन सक्छ,’ उनले भने।
रास्वपा अहिले सदनमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारी र भूमिका असाध्यै धेरै रहेको जिकिर गरे।
अर्थतन्त्र चलायमान बनाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार दलहरुका नेता र निजी क्षेत्रका अगुवासहितको बैठक गरेका थिए। लामिछानेले सञ्चारकर्मीसँग उक्त बैठकप्रति असन्तुष्टि व्यक्त गरे।
सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको उनले बताए। अर्थतन्त्र बलियो हुने आधारको खोजी नगरिएकाले खाली देखावटी रुपमा बैठक बोलाइएको टिप्पणी उनले गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी देश र मधेसको भविष्य फेर्न तयारीको साथ मधेसमा आएको दाबी उनले गरे। वर्र्षौदेखि विभेदमा परेको मधेसमा विशेष तयारी गरी आफू एक हप्ताको कार्यक्रमअन्तर्गत आएको बताउँदै लामिछानेले मधेसमै पार्टीको विशेष बैठक पनि राखेको जानकारी दिए।
काठमाडौंमा भइरहेको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद रहेको टिप्पणी उनले गरे। धेरै दलहरु मिलेर बनेको शक्तिशाली सरकार आन्दोलनसँग डराउदै धरपकडमा उत्रिएको घटना लज्जास्पद भएको उनले बताए।
स्वतन्त्र रुपमा हिँडेका नागरिकलाई समाउदै थुनेको घटना लोकतन्त्रको विशेषताविरुद्ध रहेको बताउँदै लामिछानेले भने, ‘लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने जनताको अधिकार हो।’आफू दुर्गा प्रसाईको समर्थक वा प्रशंसक नभएको पनि उनले प्रष्टीकरण दिए।
पत्रकार भेटघाटमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल, प्रतिनिधिसभा सदस्य मनिष झा, केन्द्रीय सदस्य दीपक बोहोरा, मधेस प्रदेश सभापति तपेश्वर यादव लगायतको उपस्थिति थियो।
पत्रकार भेटघाटपछि लामिछानेले चन्द्रपुर–३ स्थित चाँदी नदिमा निर्माणधीन पुलको निरीक्षण गरेका थिए। भेटघाट कार्यक्रमपछि उनले चन्द्रपुर–८ स्थित सन्तपुरको खुला सभालाई सम्बोधन गरेका थिए। साभार:- नेपाल क्लिक्स डट कम

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*