Breaking News
राम मन्दिर प्राण प्रतिष्ठाको दिन रौतहटको अधिकांश पालिकामा माछा-मासु र मदिरा निषेध, घरघरमा दिप प्रज्वलन गर्न आग्रह ।

राम मन्दिर प्राण प्रतिष्ठाको दिन रौतहटको अधिकांश पालिकामा माछा-मासु र मदिरा निषेध, घरघरमा दिप प्रज्वलन गर्न आग्रह ।

आरएन पटेल,
रौतहट, माघ ७ गते २०८० ।
राम मन्दिर प्राण प्रतिष्ठाको दिन रौतहटको अधिकांश पालिकामा माछा- मासु र मदिरा निषेध तथा घरघरमा दिप प्रज्वलन गर्न आग्रह गरिएको छ । जिल्लाका अधिकांश पालिकाहरुले माघ ४ गते देखी नै सूचना जारी गर्दै आफ्नो
पालिका क्षेत्र भित्र माघ ७ र ८ गते माछा- मासु र मदिरा विक्री–वितरणमा निषेध गरिएको सूचनामा उल्लेख छ ।

यहि माघ ८ गते सोमवारका दिन हिन्दुहरुको आस्थाको केन्द्र मधेश प्रदेशको जनकपुरधामकी जगतजननी सीता माताको कर्मभुमि तथा भगवान श्रीरामको जन्मभुमि छिमेकी मित्रराष्ट्र भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रमको अवसरमा उक्त दिन रौतहटको धेरै जसो पालिकाले माछा मासु र मदिरा विक्री–वितरणमा निषेध गरेको हो ।
जिल्लाका गौर नगरपालिका, ईशनाथ नगरपालिका,राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधिमाई नगरपालिका, देवाही गोनाही नगरपालिका, गरुडा नगरपालिका, माधवनारायण नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका लगायत अधिकांश पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै कुनै पनि किसिमको जिवजन्तु, पशुपंक्षी आदिको वध, हत्या नगर्न साथै माछा मासु र मदिरा विक्री- वितरणमा निषेध गरिएको सम्बन्धित सबै सरोकारवाला, आम जनता तथा व्यवसायीहरुलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

साथै सम्बन्धित गाँउपालिका भित्र रहेको विभिन्न रामजानकी मठ, धार्मिक मठ मन्दिरबाट सुरु हुने धार्मिक र्यालीमा सहभागी भईदिनुहुन तथा मन्दिरहरुमा सरसफाई गर्नुको साथै धार्मिक अनुष्ठान तथा पुजा पाठ अराधना, भजन किर्तन रामधुन गर्ने र धार्मिक मठ मन्दिर तथा चोक चौराहा र घरघरमा दिप प्रज्वलन गरी हर्षोल्लासका साथ दिपावली मनाउनु हुन सम्पुर्ण पालिका बासिहरुमा आव्हान गरिएको छ।


साथै उक्त कार्यमा सहयोग गरी सफल बनाई दिनु हुन सम्बन्धित ईलाका प्रहरी कार्यालय,सशत्र बेस कैम्प, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरि अनुरोध गरिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*