रूपेश यादव।
फाल्गुन २गते।
बारा जिल्लाकाे धार्मिक स्थलका रूपमा मानिने सिम्राैनगढबाट प्रकाशित हुदै आएको तिरहुत सप्ताहीक पत्रिकाकाे १२ अौ बार्षिक उत्सव भब्याताका साथ सम्पन्न भएको छ।बिगत ११ बर्ष देखि निर्नतर रूपमा प्रकाशित हुदै आएको पत्रिका आज १२ अौ बर्षाा प्रवेश गरेका हुन।शुक्रबारका दिन सिम्राैनगढ स्थित ओम पार्टी प्यालेसमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियो ।
उक्त पत्रिकाका प्रकाशक अजित कुमारकाे अध्यक्षतामा सम्पन्न भएको हाे।कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा सिम्राैनगढ नगरपालिकाका पुर्व नगरप्रमुख बिजयशंकर यादले रहेका थियो ।बिशिस्ट अतिथिका रूपमा नेपाल पत्रकार महासंघका अध्यक्ष रेसम तिवारी र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिमाल रहनु भएको थियो ।कार्यक्रम सञ्चालक पत्रकार सिकेन्द्र पासवानले गरेका हन।कार्यक्रमकाे शुभारम्भ राष्ट्रिय गानबाट सुरू गरिएको थियो र हाम्रा देशका लागी आफ्नो जान गुमाउने पत्रकारहरू प्रती १ मिनेट माैन धारण गरेको थियो ।
स्वागत मन्तब्य साे पत्रिकाका कार्यकारी सम्पादक रामेश्वर मेहताले गर्नु भएको थियो ।
आफ्नो मन्तब्य राख्दै पुर्व मेयर यादवले पत्रकार भनेका राष्ट्रकाे चाैथाे अंग हाे । याे देशमा गणतन्त्र ,प्रजातन्त्र स्थापनामा पत्रकारहरूकाे ठुलो भुकिका हाे। याे तिरहुत सप्ताहिककाे शुभारम्भ छ त्याे वास्तवमा सिम्राैनढकाे नगरपालिकाकाे बिकास लागि हाे। तर याे सिम्राैनगढ किन पछि परेको छ। देशमा गणतन्त्र आईसकेपछि ,संघियता आईसके पछि मुख्य मन्त्री यहीकाे तर बिकाश किन भईरहेकाे छैन , याे चासोको बिषय हाे।
आज याे देशकाे संघसरकारमा ६ महिनामा सरकार फेर्नू धेरै दुर्भाग्य कुरा रहेको वहाले बताउनु भयाे।
त्यसतै सिम्राैनगढ नगरपालिका वडा नं -४का वडा अध्यक्ष अवधेश सहनीले बाेल्दै याे तिरहुत सप्ताहिक पत्रिकाकाे उत्सव छ जाे सिम्राैनगढ मात्र नभई राज्यमा बिदेशमा पनि चिन्ने ठाउँ हाम्रो धार्मिक पुरातात्त्विक एतिहासिक सिम्राैनगढ याे ठाउँमा कार्यक्रम जति पनि सहभागी छ वहाहरू लाई धेरै धेरै धन्यवाद ज्ञापन गरे। साथै पत्रिकाका सम्पादक र निम राेप्ने रामेश्वर मेहता लाई धन्यवाद दिए। आज सिम्राैनगढकाे केही बारेमा केहि जानकारी गराउन चाहन्छु के बिगतकाे कुराहाे आज सिम्राैनगढका धरासही अवस्थ हाे। यहाँका भाैतिक अवस्था सबै लाेप हुदै छ , किन यहाँका ठुला ठुला नेताहरू छन किन ध्यानाकर्षन छैन । यहाका आम्दानी श्राेत काठमाडौमा खर्च हुन्छ । तर यहा केही छैन मन्दिरकाे पुजारीलाई दुई छाक खान पुगि रहेको छैन ।
वडा अध्यक्ष सहनीले बताउनु भयो ।
पत्रिकाका कार्यकारी सम्पादक रामेश्वर मेहताले बाेल्दै मैले सर्लाहीको बलरामा गएको बेला त्याहा एउटा बलरा टाईगर सप्ताहिक पत्रिकाकाे नाम सुने त्यती बेला देखि नै मेलै साेचन लागे कप जब बलरा टाईगर हुन सक्छ ।
त्यती बेला मैले अठाेट गरे मैले बाल्यकाल देखि नै सिम्रानगढका अवाज र बिकाशका लागी हरदम तत्पर रहेको छु। र यहाका पहिचान दिलाउनका लागि त्यही भएर मैले तिरहुत सप्ताहिक नामाकरण गरे ।याे मेरो ब्यक्तिगत पत्रिका भएकोले मत मेरो बुवा, आमा, अथवा छाेरा,छाेरीकाे नाम बाट पनि चलाउन सक्थ्यो तर त्याे नगरी मैले आफ्नो नगर र क्षेत्रका पहिचानका लागि तिरहुत सप्ताहिक नाम राखेको वहाले बताउनु भयो । साथै पत्रिका चलाउने क्रममा आर्थिक अवस्थामा कमि भएकोले मैले पत्रिकाकाे प्रकाशक अजित कुमारकाे जिम्मा लगाएको बताउनु भयाे।
साे कार्यक्रममा राजनीति कर्मि नगर उधाेग बाणिज्य संघका प्रतिनिधि , शिक्षा प्रेमी , राैतहटका पत्रकारहरू , बारा जिल्लाका सक्रिय पत्रकारहरू लगाएत बिहारका पत्रकारकाे उपस्थिति रहेका थियो ।