आरएन पटेल, रौतहट ।
८ जेष्ठ २०८१ ।
जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज मंगलवार एकैसाथ प्रतिनिधि छनौट गरिएको छ ।
आउदो जेष्ठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको लागि रौतहटबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको हो ।
जिल्लाको छुट्टाछुट्टै ठाउमा आज बसेको जसपा नेपालको बैठकले चारवटै क्षेत्रका लागि विभिन्न नेतालाई प्रतिनिधि छनौट गरेको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट मधेस प्रदेशका पुर्व कृषि राज्य मन्त्री एवं जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादव, केन्द्रिय सदस्यहरु किरण ठाकुर, चुल्हाई यादव, बिश्वनाथ पटेल, राघो राय यादव, पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी राय, माधव नारायण नगरपालिकाका पुर्व मेयर बिरेन्द्र प्रसाद यादव, जयराम महतो, दिलीप यादव, सरोज कुमार यादव निवेश यादव र संगीता देवीलाई चएन गरिएको हो ।
त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट पुर्व प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादव, बौधिमाइ नगरपालिकाका पुर्व मेयर राजीव रंजन यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलीप कुमार पटेल, केन्द्रिय सदस्य विवेक कुमार यादव, सुमेश्वरनाथ जयसवाल,दिपेन्द्र पटेल, शोभा सिंह, धर्मेन्द्र प्रसाद पटेल, प्रदेशसभा सदस्य शोभा देवी साह र शेख कलामलाई महाधिवेशन प्रतिनिधिको रूपमा छनौट गरिएको जिल्ला अध्यक्ष यादवले बताए ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पुर्व मन्त्री गोविन्द चौधरी, मधेश प्रदेशकि रास्ट्रीयसभा सदस्य पुजा कुमारी चौधरी, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, जयमंगल् राय यादव, बिन्देश्वर राय यादव, र सिकिल कुमारी यादवलाई प्रतिनिधि छनौट गरिएको हो ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ शेख फुल्बाबु, हरिकिशोर साह, रामइश्वर राउत कुर्मी र रामसर्वी देविलाई सर्वसम्मती बाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले बताए ।