Breaking News
बौधीमाईमा उपमेयरसहित कार्यपालिकाले नगर सभा गरे बहिष्कार ।

बौधीमाईमा उपमेयरसहित कार्यपालिकाले नगर सभा गरे बहिष्कार ।

रौतहट, असार १० गते ।
रौतहटको बौधीमाई नगरपालिकाका उपमेयरसहितका जनप्रतिनिधिले नगरसभा बैठक बहिष्कार गरेका छन् ।
मेयर प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमीलादेवी जयसवालको नेतृत्वमा नगरसभा बैठक बहिष्कार गरिएको हो ।

मेयर यादव र उपमेयर जयसवाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयरसहितले नारा जुलुससहित नगर अधिवेशन बहिष्कार गरेका हुन् ।

मेयर यादवले सोमबार नगरपालिकाको सभाकक्षमा नवौँ नगर अधिवेशन आयोजना गरेका थिए । उपमेयर जयसवालसहित बहुमत कार्यपालिका सदस्यले नगरसभा बैठक बहिष्कार गरेका हुन् । यस क्रममा मेयरका समर्थक र उपमेयरका समर्थकबिच केहीबेर धक्कामुक्कासमेत भएको केही जनप्रतिनिधिले बताएका छन् ।

वडा नम्बर ३ का अध्यक्ष मणिभुषण साहले कार्यपालिका बोर्डको बैठकमा नगरसभाबारे छलफल नभएको भन्दै मेयरले एकलौटी रूपमा बैठक बोलाएपछि बहिष्कार गर्नुपरेको बताए । आफूहरूले ३२ जना कार्यपालिका सदस्यको हस्ताक्षरसहित आइतबार नै नगरसभा स्थगन गर्न निवेदन दर्ता गराए पनि मेयरले पेलेर अघि बढ्न खोज्दा प्रतिवादमा उत्रिनु परेको उनको भनाइ छ । साभार :- रातोपाटी डटकम

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*