Breaking News
नगर प्रमुख साहले जनताबाट उठाएको करले व्यक्तिगत आर्थिक लाभ लिएको स्थानीयहरुको आरोप ।

नगर प्रमुख साहले जनताबाट उठाएको करले व्यक्तिगत आर्थिक लाभ लिएको स्थानीयहरुको आरोप ।

रमेश कुमार यादव
साउन १८, रौतहट
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साहको सम्पत्ति छानबिनको माग गर्दै स्थानीय जनताले आवाज उठाएका छन् । नगर प्रमुख निर्वाचित भएको दुई बर्षमै साहले खपडाको घरलाई भत्काएर तीन तला महल ठड्याएको, करोडौंको सम्पत्ति आर्जन गरेको, र लाखौं पर्ने गाडी किनेकाले स्थानीय जनताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ध्यान आकर्षण गराएका छन् । स्थानीयहरूको आरोप अनुसार, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले निर्वाचित भएको दुई बर्षको अवधिमा भ्रष्टाचार गरेर आफ्नो सम्पत्तिमा अस्वाभाविक वृद्धि गरेको आरोप लगाएका छन् । सार्वजनिक पदमा बसेर नगर प्रमुख साह जनताको सेवा गर्नु पर्ने ठाउँमा उनले भ्रष्टाचार गरी व्यक्तिगत सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ ।
जनताले उनलाई नगर प्रमुखबाट बर्खास्त गर्न र सम्पूर्ण सम्पत्तिको छानबिन गरी कानूनी कारबाही गर्न माग गरेका छन् ।स्थानीयबासीहरूका अनुसार प्रमुख साहले सरकारी कोषको दुरुपयोग गरेर व्यक्तिगत लाभ लिएका छन्। त्यति मात्र नभएर नगर प्रमुख साहले विभिन्न ठेक्का सम्झौताहरूमा अनियमितता, सार्वजनिक खरिदमा कमीशन, र नगरपालिकाका बजेटको दुरुपयोगको आरोप लगाएका छन ।स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गरिएको आग्रह छ कि साहले नगरपालिकाको विभिन्न परियोजनाहरूमा अनियमितता गरी ठूलो मात्रामा आर्थिक लाभ लिएको छ । जनताको करबाट संकलित रकमलाई आफ्नो व्यक्तिगत सम्पत्ति बनाउन प्रयोग गरेको जनताले बताएका छन् । उनीहरूले प्रमुख साहको पदबाट तत्काल निलम्बन गरी सम्पूर्ण सम्पत्तिको स्रोत खुलाउने माग गरेका छन् । यस आरोपसँगै स्थानीयबासीहरूले नगरपालिकामा पारदर्शिता र उत्तरदायित्व कायम
राख्न पनि जोडदार माग गरेका छन् । उनीहरूले भ्रष्टाचारको अन्त्य गर्दै जनताको विश्वास जित्न र सुशासन कायम राख्न सबै जिम्मेवार पक्षलाई सजग गराएका छन् ।अहिले समाजिक संजालदेखि लिएर पालिका भरि चर्चाको बिषय बनेको छ । अख्तियारले यथाशिघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिए पनि स्थानीय त्यसको पर्खाइमा रहेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*