आरएन पटेल ।
रौतहट, भाद्र ३१ गते ।
मध्य रौतहटको गरुडामा जसपा नेपालको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजकत्वमा जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
सम्पन्न कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरि सैकड़ों संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा पार्टी प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरुमा माधव नारायणका पूर्व मेयर बिरेन्द्र राय यादवको नेतृत्वमा नपाको वडा नं. – २ खेसरहियाका नेकपा माओवादी केन्द्रका पूर्व वडा अध्यक्ष नन्हक सहनी उर्फ हनुमान सहनी सहित दुई दर्जन भन्दा बढीको संख्यामा जसपा नेपालमा पार्टी प्रवेश गरेका छन।
दुर्गा भगवती गा पा – २ का पूर्व वडा अध्यक्ष नेकपा एमालेका रमेश महतो, गरुडा नपाका अनिल यादवको नेतृत्वमा गरुडा नपा-७ पिपरिया भिंडाबारका नेपाली कांग्रेसका पूर्व गा बि स उपाध्यक्ष लगायत दर्जनों का संख्यामा विभीन्न पार्टी परित्याग गरि जसपा नेपालमा पार्टी प्रवेश गरेका छन । त्यस्तै समाजवादी युवा संघ नेपाल रौतहटको जिल्ला अध्यक्ष पुन प्रताप पटेलको नेतृत्वमा देवाही गोनाही नपा – ७ उचिडिहका मुनिफ अंसारी सहित दर्जनोंको संख्यामा जसपा नेपालमा पार्टी प्रवेश गरेका छन । साथै अन्य विभिन्न पालिकाहरु गरेर आजको यस कार्यक्रममा अन्य पार्टी परित्याग गरि जसपा नेपालमा पार्टी प्रवेश गर्नेहरुको लहर लागेको देखियो ।
गरुडा नगरपालिका को वडा नं. ५ महम्मदपुर स्थित गोपाल सेवा समितिको भवनमा जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष श्यामबिहारी यादव को अध्यक्षतामा सम्पन्न आधारभूत संगठन निर्माण अभियान कार्यक्रमको मुख्य रुपमा दुई एजेन्डा रहेको बताइएको छ ।
१.) जिल्ला अन्तर्गतको जसपा नेपाल केन्द्रीय सदस्यहरुलाई पालिका वाइज जिम्मेवारी दिईएको तथा जिल्ला कमिटिका सदस्यहरु द्वारा १८ पालिकामा ३/३ जना गरेर पार्टीको यस आधारभूत संगठन निर्माण अभियानका अभियन्ताको रुपमा चयन गर्ने बताईएको छ ।
२.) प्रत्येक पालिकाका कमिटीद्वारा आउदो असोज १७ गते भित्र विस्तारीत बैठक सम्पन्न गर्ने योजना बनाइएको छ ।
जसपा नेपालको नीतिलाई स्मरण गराउदै पार्टीको उन्नतिका लागि काम गर्ने प्रतिबद्धता सहित सबै तहमा जनताको हितका लागि काम गर्ने र समाजमा न्याय, समानता, र विकासका मुद्दामा आवाज उठाउने अठोट सहित पार्टी प्रवेश गर्ने सम्पूर्ण नव प्रवेशीलाई प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले शुभकामना दिदै पार्टीमा स्वागत गरेका छन।
विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रमको मूल उद्देश्य
जनतासँग निकट रही पार्टीलाई अझै सशक्त र संगठनलाई बलियो बनाउने रहेको कार्यक्रमका विशिष्ट अतिथि पूर्व प्रदेश सांसद रामकिशोर यादवले बताएका छन । साथै उनले नव प्रवेशिहरुलाई पार्टिमा स्वागत सहित अग्रिम कार्यकालको लागि शुभकामना दिनु भएको छ ।
जसपा नेपालको यस आधारभूत संगठन निर्माण अभियान कार्यक्रमले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्य राखेको छ। साथै युवाहरुको यस पार्टी प्रतिको लगनशीलता तथा पार्टी प्रवेश कार्यक्रमले युवा शक्तिलाई थप ऊर्जा प्रदान हुने तथा भविष्यमा पार्टीलाई उचाइमा पुर्याउने अपेक्षा गरिएको कार्यक्रमका अध्यक्ष श्यामबिहारी यादवले बताएका छन ।
जसपा नेपालको केन्द्रीय उपाध्यक्ष पूर्व मन्त्री गोबिन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालको केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादव, प्रदेश सभा सदस्य माननीय अब्दुल कलाम अजाद ( फूलबाबू ), माननीय शोभा देवी साह, राष्ट्रिय सभा सदस्य माननीय पूजा चौधरी अतिथि केन्द्रीय सदस्य विश्वनाथ प्रसाद पटेल, चुल्हाई राय यादव, गौर नपाको पूर्व उप मेयर किरण ठाकुर, मधेश प्रदेशको प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रदेश कमिटि सदस्य बिजय चौधरी, पुनीत राम, राजकुमार दास तत्मा, अतिथि रामबशिष्ट राय यादव, माधव नारायण नपाको नगर उप प्रमुख प्रीति रमण लगायत जसपा नेपालका सम्पूर्ण जिल्ला कमिटी, पालिकाका नगर अध्यक्ष सहित नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।