Breaking News
बौधिमाई नपाको इनर्वामा युवा नेता दिलीप पटेलद्वारा क्रिकेट टुर्नामेन्टकाे उद्घाटन ।

बौधिमाई नपाको इनर्वामा युवा नेता दिलीप पटेलद्वारा क्रिकेट टुर्नामेन्टकाे उद्घाटन ।

आरएन पटेल ।
कार्तिक ११ गते ।
राैतहटकाे बौधिमाई नगरपालिका इनर्वामा क्रिकेट टुर्नामेन्ट खेलकाे उद्दघाटन भएको छ। नगरपालिकाकाे वडा नम्बर २ मा रहेको इनर्वा नदीपारीमा उक्त खेलकाे उद्घाटन भएको हाे ।


नगरपालिकाको वडा नं. २ इनर्वा लालबकैया नदी छेउमा रहेको फिल्डमा उक्त खेल सुरू भएको हो । आईतवारका दिन एक कार्यक्रमका बिच बौधिमाई नगरपालिका -२ इनर्वा निवासी स्थानीय, समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेल ( राजकिशोर पटेल )ले खेललाई सभय र भब्य बनाउन रिबन काटेर उद्घाटन गरेका हुन । उद्घाटन गर्दै महासचिव पटेलले आफ्नाे गाउँका युवाहरूले यस्तो खेल प्रति चासो देखाउनु भनेको हामीहरूलाई गौरवान्वित महशुस भएको बताए ।

साथै खेलप्रति आफ्नो गाउँको युवाहरुकाे मनाेबल बढाउन आफु सक्दाे जुनसुकै समयमा सहयोग गर्ने वहाले बताउनु भयाे। यस्ता कार्यक्रम सञ्चालन भए संगै आफुहरू लाई अगाडि बढाउन सहयाेग गर्ने सम्पूर्णमा खेलाडीहरूले धन्यवाद ज्ञापन समेत गरेका हुन ।

क्रिकेट टुर्नामेन्टको उद्घाटन शत्रमा आज बौधिमाई नपाको वडा नं. १ र मौलापुर नपाको टिम बिच प्रतिस्पर्धा हुने भएको थियोे । उद्घाटन कार्यक्रममा गाउँका भद्रभलादमी, समाजसेवी, खेलप्रति उत्सुकता देखाउने दर्शक महानुभाव लगाएतका व्यक्तिहरूकाे सहभागीता रहेका थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*