Breaking News
राजपुर नपा – ६ मा कांग्रेसका समसे आलम निर्वाचित ।

राजपुर नपा – ६ मा कांग्रेसका समसे आलम निर्वाचित ।

रौतहट, मंसिर १७ गते ।
रौतहटको राजपुर नगरपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । ७ सय ४४ मतसहित नेपाली कांग्रेसका समसे आलम निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार यहाँ नेकपा माओवादी केन्द्रका जिकरुलाह ४ सय ६३ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, नेकपा एमालेका मोहम्मद नसिम अख्तरले ४ सय ३१ मत प्राप्त गरेका छन् ।

यहाँ अघिल्लो निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेसका शेख मोजरे आलम निर्वाचित भएका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*