Breaking News
जनकपुरले एनपीएल उपाधि जितेपछि गरुड़ामा दीपप्रज्वलन सँगै बिजयी जुलूस ।

जनकपुरले एनपीएल उपाधि जितेपछि गरुड़ामा दीपप्रज्वलन सँगै बिजयी जुलूस ।

आरएन पटेल ।
रौतहट, पौष ६ गते ।
जनकपुरले एनपीएल उपाधि जितेपछि रौतहटको गरुड़ामा दीपप्रज्वलन सँगै बिजयी जुलूस मनाईएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेकोमा मध्य रौतहटको गरुड़ाका युवाहरूले खुशियाली स्वरूप गरुड़ाको मथुर चौकमा दीपप्रज्वलनका साथै बिजयी जुलूस मनाएका छन ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुर बोल्ट्सले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित हात परेका छन ।

जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । नेपालमा भएको पहिलो नेपाम प्रिमियर लिगको खेलमा मधेश प्रदेशको नेतृत्व गर्दै जनकपुर बोल्टसले इतिहासमा नाम लेखाउन सफल भएका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*