Breaking News
मनोमानी ढङ्गले डोजर लगाउँदा नगर प्रमुख लखेटिए ।

मनोमानी ढङ्गले डोजर लगाउँदा नगर प्रमुख लखेटिए ।

रौतहट ।
०८ पौष २०८१ ।
रौतहटको बौधिमाई नगरपालिकामा मनोमानी ढङ्गले डोजर लगाउँदा नगर प्रमुख यादव लखेटिएका छन । नगरपालिकाको सरमुजवामा डोजर लगाई घर भत्काउने क्रममा स्थानीयहरुद्वारा ढुङ्गामुडा प्रहार गरि मेयर यादवलाई लेखेटिएको छ ।
नगर प्रमुख यादवले बिना सहमति मनोमानी गरेर घर भत्काउन लाग्दा त्यहाँका जनताहरुले ढुङ्गामुडा गरि मेयर यादव सहित नगर प्रहरी र जनप्रतिनिधिहरुलाई लखेटेका छन ।

नगरपालिकाको वडा नं. ८ सरमुजवा जाने बाटो दुर्गा मन्दिर चौक स्थित सड़क छेउमा सार्वजनिक जग्गामा रहेको घरहरुलाई बौधिमाई नगरपालिकाको मेयर प्रदीप कुमार यादवले बिना सहमति मनोमानी ढङ्गले डोजर लगाई घर भत्काउन लाग्दा स्थानीयहरु आक्रोशित भई ढुङ्गामुडा गरेका छन । ढुङ्गामुडा प्रहारबाट (डोजर) जेसीबी क्षतिग्रस्त भएको छ भने जेसीबी (डोजर) का सिसाहरु फुटेका तथा जेसीबीका चालक र नपाका कर्मचारीहरु पनि घाइते भएका छन ।

सोमवार नगर प्रमुख प्रदिप यादवले सरमुजवामा बिना कुनै सूचना गुण्डागर्दी शैलीमा आम जनताको घर भत्काउन खोजदा जनताले प्रतिकार गरेको छ । नगरवासीको सुरक्षा एवं सम्मानमा योगदान गर्नुको सट्टा बदलाको भावनाले जनतालाई उठीवास एवं आतंकित गर्ने मेयरको यस अपराधिक कार्यको आजपा नेता बौधिमाई नपाको मेयर प्रत्याशी अमर साह तथा वडा नं. ३ मटिअर्वाका पूर्व वडा अध्यक्ष श्रीभगवान पटेलले सामाजिक सञ्जाल मार्फत घोर भर्त्सना गर्दै मेयरको यस्तो कार्यको निन्दा गरेका छन  । उदण्डताको बिरुद्ध सुशासनको लागी सरमुजवावासीले देखाएको साहसको उच्च सराहना गर्दै समाजमा उपद्रो मचाउने मेयरलाई कड़ा कारवाही गर्न स्थानीय प्रशासनसंग उनले विनम्र अनुरोध समेत गरेका छन ।

नगर प्रमुखले गर्नु पर्ने कार्य एउटा पनि राम्रो कार्य मेयर यादवले नगरेको तथा पालिकामा जननिर्वाचित भएदेखी नै आतंक मचाएको अर्का एक जना एमालेका युवा नेता रामजन्म यादवले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राखेका छन ।

जिल्लामा १८ स्थानीय तह मध्ये एक मात्र बौधिमाई नगरपालिकाले अहिलेसम्म नगर सभा नगरेको हुदा पालिका पूर्ण रुपमा अस्त व्यस्त बन्दै गएको आम सर्वसाधारणको भनाई रहेको छ । नगर सभा समयमा नहुँदा पालिकाको बिकास निर्माण लगायत शिक्षा, स्वास्थ्य तथा कर्मचारी तलबभत्ता समेत नखाएको कारण नगरबासी अन्यौलमा रहेको अवस्थामा मेयर यादवले पालिका नियमित सुचारू गर्नुको सट्टा आम सर्वसाधारणसंग झगड़ा गर्नमा व्यस्त रहेको आम सर्वसाधारण नगरबासीहरुको भनाई रहेको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*