Breaking News
बौधिमाई-२ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा युवा संघको नगर कमिटी गठन कार्य सम्पन्न।

बौधिमाई-२ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा युवा संघको नगर कमिटी गठन कार्य सम्पन्न।

आरएन पटेल।
रौतहट,माघ १९ गते।
बौधिमाई नपा-२ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सँगै जसपा नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको नगर स्तरीय भेलाबाट युवाको बौधिमाई नगर कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. २ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन तथा समाजवादी युवा संघ नेपालको नगर कमिटी गठन कार्य वडा नं. २ इनर्वा स्थित दिलीप कुमार पटेलको निवास स्थानमा सम्पन्न गरिएको हो।


पालिकाको नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा शनिबार पालिकाको वडा नं.२ मा जसपा नेपालको वडा कमिटिको तथा समाजवादी युवा संघ नेपालको विस्तारित बैठक सम्पन्न भएको हो। जसपा नेपालको यस बौधिमाई नपा २ ईनवामा भएको जसपाको वडा कमिटी गठन कार्यमा आदेश प्रसाद पटेलको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटि तथा बैनाथ प्रसाद पटेलको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको बौधिमाई नगर कमिटी गठन गरिएको सामाजवादी युवा संघ नेपालका महासचिव दिलीप कुमार पटेलले जानकारी गराएका हुन।


कार्यक्रमको प्रमुख वक्ता बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन यादवले नव गठित जसपा नेपालको बौधिमाई नपा-२ इनर्वाको सम्पुर्ण पदाधिकारीहरु लगायत युवा संघ नेपालको बौधिमाई नगर कमिटिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।
कार्यक्रममा जसपा नेपालको युवा विद्यार्थी तथा खेलकूद बिभाग सदस्य युवा नेता विवेक कुमार यादव, जसपा रौतहट जिल्ला सदस्य सिकिन्द्र राय यादव, राजकुमार पटेल, वडा नं.१ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं.३ को वडा अध्यक्ष मणिभूषण प्रसाद साह, वडा सदस्य लगायत समाजवादी युवा संघ नेपाल रौतहटको कार्यवाहक जिल्ला अध्यक्ष अजय यादव, नगर उपाध्यक्ष मोतिम हासमी, नगर सचिव रामाकान्त कुमार पटेल लगायत युवाका नगर भरिका युवा नेता कार्यकर्ता, वडा नं. २ इनर्वा वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*