सागर संगम ठाकुर
रौतहट, माघ २० गते
रौतहट मौलापुर नगरपालिकामा एच.पी.भी खोप अभियान २०८१ सम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिलाको पाठेघरमा हुने मुख्य क्यान्सर बिरुद्ध मौलापुर नगरपालिकाकि मेयर रिना कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख अछेलाल साहले राखेका थिए ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका प्रतिनिधि अनिल कर्णले राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य, महत्व र प्रभावकारिताको बारेमा जानकारी गराएका थिए ।
उक्त खोप मौलापुर नगरपालिकामा माघ २३ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने प्रशिक्षक अनिल कर्णले बताए ।
विद्यार्थीहरुको हकमा कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका छात्राहरुलाई खोप लगाउने लगाइने उनले बताए ।
एच.पी.भी.खोप सेवा विद्यालयमा केन्द्रहरु स्थापना हुने छ । विद्यालयको पहुँच भन्दा बाहिर रहेका छात्राहरूले विद्यालय र स्वास्थ्य संस्थामार्फत सेवा पाउनेछन् ।
खोप अभिमुखीकरण कार्यक्रममा बोल्दै मेयर रिना कुमारी साहले खोपको पहुँचमा सबैलाई ल्याउनुपर्ने बताउदै प्रचार प्रशारमा बिषेश जोड दिन सबै संग आग्रह गर्नु भयो ।
मेयर साहले खोप अभियान बारे बढीमा स्वस्थ्य स्वयमसेबीका र भोलिटियर खटाएर प्रभावकारी बनाउन सबै वडाका वडाध्यक्षहरुलाई निर्देशन दिनु भयो ।
वहाँले यो खोप लगाउन छुटे गरिब असहाय र अतिनै बिपन्न परिबारका किशोरीहरुलाई धेरै समस्य हुने भएकाले त्यस्तालाई बिषेश जानकारी गराउनु पर्ने बताए ।
मेयर साहले यो खोपको बिषेशता बारे आफुलाई जानकारी भएपछि पालिकाबाट यस्ता खोप खरिद गर्न आफुले योजना बनाईरहदा यो खोप एउटा संस्थाले नि.शुल्क रुपमै उपल्बध गराई दिएपछि सहयोगी संस्थालाई मेयर साहले धन्याबाद ब्यक्त गर्नु भयो ।
सरकारले लिएको लक्ष्य पुरा गर्न सबैले आ–आफ्नो तह र तप्काबाट प्रचार–प्रसार गर्न समेत आग्रह गरिन् ।
अभिमुखीकरण कार्यक्रममा मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधी र वडा नं १ देखि ९ का वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरु र बिभिन्न संचार मिडियाका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।
नेपालमा वार्षिक दुई हजार नेपाली महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
एचपीभी खोप लगाउँदा एचपिभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ८० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।