Breaking News
गरुडामा अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गरुडामा अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

आरएन पटेल
रौतहट, फागुन २४ गते।
गरुडामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत गरुडा बजारको मेथुर चौधरी धर्मशालामा एक कार्यक्रमको आयोजन गरि गरुडा नगरपालिकाको सहयोगमा शनिवार १ सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।


जागरण तथा समाज सेवा केन्द्र नेपाल गरुडा न.पा.-२ रौतहटको आयोजना तथा राम नारायण सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसको लक्ष्य रहेको कार्यक्रमका प्रमुख अतिथि गरुडा नगरपालिकाकी नगर उप प्रमुख पूनम कुमारी चौधरीले बताइन।
नेपाल सरकारले महिला र पुरूषहरूको आ आफ्नै अधिकार दिएको हुदा पनि विशेष गरेर हाम्रा मधेशके महिलाहरुले आफ्नो हक तथा अधिकारको लागि पछाडि परेको देखिन्छ।

 

पुरूष मात्र घर बाहिरको काम गर्ने हुदा एउटा सक्षम महिलाले बाहिरको काम सकाएर घर भित्रको पनि सम्पूर्ण कार्य सम्भालन सक्ने भएकाले  पुरूष भन्दा महिलाले बढ़ी मिहिनेत तथा लगनशील भएर आफ्ना सम्पूर्ण कार्यहरु गर्ने भएकाले पुरूष भन्दा महिलाको बढ़ी ग्रस्ता दिनु पर्नेमा उहाँले जोड़ दिएकी हुन। नारी दिवसको अवसरमा उपस्थित सम्पूर्ण महिलाहरुलाई शुभकामना दिदै नारी चाहे आफ्नै घरबाट सुरु गरेर देश बिकासमा समेत अहम भूमिका खेल्ने प्रष्ट पारेकी छिन। उहाँले पुरुष शिक्षित भए एक व्यक्ति र महिला शिक्षित भए एउटा सिंगो परिवार शिक्षित हुने धारणा राख्दै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्ने लगायतका उद्देश्यहरु सहित आ आफ्नो ठाउँबाट जागरूक हुन उपस्थित सम्पूर्णमा अपील गरेकी छिन।
कार्यक्रममा महिला नेत्री अनिता देवी कर्ण, गरुडा नगरपालिका अन्तर्गतका विभिन्न वडाबाट महिलाहरुको उपस्थिती रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*