प्रेमचन्द्र झा
फाल्गुन २५ गते
राैतहट । नेपाल बुद्धिजीवी परिषद् रौतहटको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अनिल कुमार झाको अध्यक्षता मा १९ सदसिय जिल्ला कार्य समिति निर्वाचित गरेका छन ।
समितिको उपाध्यक्षमा राम चन्द्र तिमिल्सिना,
सचिवमा महम्मद अतिउल्लाह,
उप सचिवमा राम प्रसाद उपाध्याय र चन्द्र भानु पटेल
,सदस्यहरूमा गोपिनी पौडेल, बाबुराम साह, अर्जुन तिमिल्सिना, मनोज कुमार मिश्र (चन्द्रपुर), मोहन बैठा, भुप नारायण प्रसाद, संजिव कुमार झा, दीपक राउत, राम सागर साह, चन्द्रिका दास, देवी लाल प्रसाद साह, विकास जयसवाल, मनोज मिश्र ( पुरेनवा) र खुस्बु साह समेत सर्व सहमतबाट निर्वाचित भएकाे परिषदका मधेस प्रदेस ईन्चार्य अर्जुन सिंहले बताए।
यस अधि
नेपाल वुधिजिवी परिषदका केन्द्रिय सचिव एवं मधेस प्रदेस इन्चार्ज डा अर्जुन सिंहको प्रमुख आतिथ्यता तथा नेकपा एमाले केन्द्रिय सदस्य उद्धव रेग्मी, धनुषा अध्यक्ष एवं मधेस प्रदेस नीति आयोगका सदस्य रामचन्द्र यादव, नेकपा एमाले जिल्ला अध्यक्ष सचिदा नन्द साह, केन्द्रिय सदस्य श्याम गोहित, नेकपा एमाले मधेस प्रदेस कमिटी सदस्य मनीशंकर निधि , सचिव बाबुराम दाहाल, नेकपा एमाले लेखा समितिका जिल्ला अध्यक्ष पवन पटेल, जिल्ला कमिटी उप सचिव अवधेश यादव, चन्द्रपुर नगर कमिटी संयोजक शिव आचार्य, शिक्षक संगठनका अध्यक्ष अनिल निधि, अनेरा स्ववियु रौतहटका संयोजक कारण देवकोटा समेतको आतिथ्यता तथा विभिन्न नगर कमिटीका पदाधिकारी/सदस्यहरूको भव्य सहभागितामा जिल्ला अधिवेशन सम्पन्न भएको हो। उक्त कार्यक्रमको सञ्चालन महमद अतिउल्लाहले गरेका थिए ।
Sthaniya News
