राैतहट,चैत्र १७ गते।
रौतहटको सिडियो कार्यालयमा स्वास्थ्यकर्मीहरुद्वारा ज्ञापनपत्र बुझाईएको छ। स्तरवृद्धिको माग गर्दै रौतहट सहित मधेसका स्वास्थ्यकर्मीहरू आन्दोलीत भएका छन् । यसै क्रमममा आइतबार जिल्लाभरीमा कार्यरत्त सिअहेव र सिअनमी चौथो÷पाँचौ तहकका स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला स्तरीय संघर्ष समितका संयोजक काशी साहको नेतृत्वमा गएका स्वास्थ्यकर्मीहरुको टोली रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामनरेश प्रसाद यादवलाइ ज्ञापनपत्र दिएका हुन् ।
मधेस प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको माग गर्दै आन्दोलित छन् । मधेश प्रदेशका आठ जिल्लामा करिब १ हजार ८ सय स्वास्थ्य क्षेत्रका कर्मचारीको स्तरवृद्धिमा मधेस सरकारले रोका गरेकाले नियमित स्तरवृद्धिको माग गर्दै प्रदर्शन गरिरहेको रौहतट जिल्लाको संघर्ष समितिका कोषाध्यक्ष संजिव साहले जानकारी गराएका हुन् ।
पटक पटक नियमित स्तरवृद्धिको माग गरे पनि प्रदेश सरकारले सुनुवाइ नगरेपछि आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनु परेको उनले बताएका हुन् ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी यादवले सम्बन्धित निकायमा याे पत्रलाई पठाईदिने जवाफ दिनु भएको थियोे ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम विगतदेखि पाउँदै आएको दुई तह स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुलाबाट पदपूर्ति शतप्रतिशत हुनुपर्नेलगायत माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित छन् ।
उनीहरुले आउँदो चैत २५ गते वृहत् विरोध प्रर्दशन सहित मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय गरेका प्रदेश स्तरीय संघर्ष समितिका सदस्य कस्तुभमनी साहले जानकारी गराएका हुन् ।
Sthaniya News
