Breaking News
अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको लिए शपथ

अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको लिए शपथ

काठमाडौं, भदौ ३० गते।

अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार (भदौ २९) राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*