आरएन पटेल
रौतहट,असोज २५ गते ।
जसपा नेपालको प्रथम मधेश प्रदेश अधिवेशनमा उपाध्यक्ष पदको लागि रौतहटका युवा नेता राजकुमार दासले उम्मेदवारीको घोषणा गरेका छन । जनता समाजवादी पार्टी नेपाल को प्रथम मधेश प्रदेश अधिवेशन यही असोज २७ र २८ गते जनकपुरधाममा हुने तयारी तीव्र भइरहेका बेला रौतहट क्षेत्र नं ४(ख) बाट चयन भएका महाधिवेशन प्रतिनिधि राजकुमार दास तत्माले आफ्नो सामाजिक सञ्जालमार्फत अधिवेशन सफल पार्न सबैसँग सहयोग र आफुलाई समर्थनको लागि हार्दिक अनुरोध गरेका छन्।
अधिवेशन प्रतिनिधि छनौटका लागि गरुडामा सम्पन्न पार्टी बैठकबाट नेता, कार्यकर्ता र संगठित सदस्यहरूको सर्वसम्मत निर्णयद्वारा राजकुमार दास तत्मालाई महाधिवेशन प्रतिनिधिमा चयन गरिएको थियो।

सो अवसरमा उनले पार्टीप्रतिको विश्वासका लागि सबैप्रति धन्यवाद ज्ञापन गर्दै भनेका छन – “माथि विश्वास गरी सर्वसहमत रूपमा प्रतिनिधि चयन गरी दिनु भएकोमा हृदयदेखि आभारी छु। साथीहरूको सुझावअनुसार पार्टीको मधेश प्रदेश उपाध्यक्ष पदका लागि पनि अघि बढ्ने निर्णय लिएको छु। अहिलेको परिस्थितिमा यस अवसरलाई नकार्ने अवस्था छैन।”
राजकुमार दासले मधेश प्रदेश अधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिहरू, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूलाई एकजुट भएर सहयोग र आफुलाई समर्थन प्रदान गर्न अपिल गरेका छन्।

उनले अन्त्यमा भनेका छन -“हाम्रो गौरवशाली पार्टी जनता समाजवादी पार्टी नेपालको प्रथम मधेश प्रदेश अधिवेशन सफल र ऐतिहासिक बन्न सकोस्, यही हार्दिक शुभकामना व्यक्त गर्दछु।”
यस सन्देशसहित उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी एकता, मधेशको अधिकार र संगठन सुदृढीकरणका लागि सबैलाई सक्रिय भूमिकामा सहभागी हुन आग्रह गरेका छन।

Sthaniya News
