Breaking News
फतुवा विजयपुरमा मैत्रीपूर्ण क्रिकेट खेलमा कर्मचारी टिमको शानदार विजय

फतुवा विजयपुरमा मैत्रीपूर्ण क्रिकेट खेलमा कर्मचारी टिमको शानदार विजय

रौतहट, असोज ३१ गते।
राैतहट । फतुवा बिजयपुर नगरपालिका-५, दुधिअवामा आज एक मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न भएको छ। खेलमा नगरपालिकाका कर्मचारी टिम र माध्यमिक विद्यालय दुधिअवाका शिक्षक टिमबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो।

शिक्षक टिमले पहिले ब्याटिङ गर्दै ८१ रनको लक्ष्य निर्धारित गरेको थियो। जवाफी खेलमा नगरपालिका कर्मचारी टिमले उत्कृष्ट प्रदर्शन गर्दै १४ ओभरमै लक्ष्य पार गरी खेल आफ्नो पक्षमा पार्न सफल भयो।

खेलको उद्देश्य खेलकुदमार्फत सद्भाव, सहकार्य र स्वास्थ्यप्रति जागरूकता बढाउनु रहेको बताइएको छ। सहभागीहरूका अनुसार यस्ता कार्यक्रमहरूले कर्मचारी र शिक्षकबीच आपसी सम्बन्ध अझ मजबुत बनाउन मद्दत पुर्‍याउँछन्।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*