Breaking News
रौतहटको दुर्गा भगवती-४ पचरुखीमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम तयारी तीव्र

रौतहटको दुर्गा भगवती-४ पचरुखीमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम तयारी तीव्र

आरएन पटेल
रौतहट, कार्तिक २८ गते।
जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहटमा आयोजना गर्न लागेको भव्य पार्टी प्रवेश कार्यक्रमका लागि तयारी बैठक सम्पन्न गरेको छ। जसपा नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा दुर्गा भगवती गाउँपालिका-४, पचरुखी पोखरीको मैदानमा हुने कार्यक्रमका लागि शुक्रवार विस्तृत तयारीबारे छलफल गरिएको हो।

आगामी  मंसिर ०७ गते आइतबार हुने कार्यक्रमका प्रमुख आतिथ्यकर्ता जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव रहनेछन्। कार्यक्रममा विभिन्न समुदाय र क्षेत्रबाट दर्जनों नेता- कार्यकर्ताले पार्टी प्रवेश गर्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।

तयारी बैठक जसपा नेपालका नेता तथा पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको सक्रियतामा सम्पन्न भएको हो। बैठकमा नगर कमिटीका अध्यक्षसहित स्थानीय नेतृत्व तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको जसपा नेपाल जिल्ला कार्य समितिका कार्यालय सचिव दिनेश कुमार यादवले जानकारी दिए।


उनका अनुसार कार्यक्रमलाई भव्य र शालीन बनाउन सबै तह – तप्काबाट समन्वय र तयारीलाई अन्तिम रूप दिइएको छ।

जसपा नेपालले रौतहटमा आफ्नो आधार विस्तारसहित संगठन सुदृढीकरणको अभियानलाई यस कार्यक्रमले थप गति प्रदान गर्ने अपेक्षा गरिएको जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवले जानकारी गराएका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*