Breaking News
पचरौता नगरपालिकामा एउटै दिन दुई धार्मिक स्थलका शिलान्यास

पचरौता नगरपालिकामा एउटै दिन दुई धार्मिक स्थलका शिलान्यास

आरएन पटेल
बारा, मंसिर ११ गते।
बाराको पचरौता नगरपालिका वडा नं. ७ बेनौलीमा नगरपालिकाको आ.व. २०८२/०८३ को विनियोजित बजेटबाट एउटै दिन दुई महत्वपूर्ण धार्मिक स्थलको भव्य शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। धार्मिक तथा सांस्कृतिक संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएका दुर्गा मन्दिर र ब्रहम बाबा मन्दिर दुवैको शिलान्यास उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।


पहिलो कार्यक्रम अन्तर्गत बेनौली बजारमा अवस्थित दुर्गा मन्दिरको शिलान्यास नगरपालिका प्रमुख श्री जलन्धर सिंहको विशेष उपस्थितिमा वार्ड सदस्य गोकुल पण्डितले सम्पादन गर्नुभयो। स्थानीय सर्वसाधारण, समाजसेवी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा दुर्गा मन्दिरको पुनर्निर्माण तथा विकासले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरिएको थियो।


त्यसैगरी, सोही अन्तर्गत पालिकाको बजेटबाट विनियोजित कार्यक्रम मार्फत बेनौली-७ बारामा अवस्थित ब्रह्म बाबा मन्दिरको पनि भव्य शिलान्यास सम्पन्न भएको छ। यस मन्दिरको शिलान्यास समाजसेवी शिवशंकर सिंह जैसवारले नगरप्रमुख जलन्धर सिंहको उपस्थितिमा गर्नुभएको हो। स्थानिय समुदायको सक्रिय सहभागितासहित सम्पन्न कार्यक्रमले ब्रहम बाबा मन्दिर क्षेत्रको संरचनागत विकासले स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


दुवै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै नगर प्रमुख सिंहले पचरौतामा धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण, विकास र प्रवर्द्धनलाई प्राथमिकतामा राखिने बताउनुभयो। स्थानीय बासिन्दाले पनि नगरपालिकाले धार्मिक स्थलहरूको विकासमा दिएको प्राथमिकताप्रति खुशी व्यक्त गरेका छन्।
पचरौता नगरपालिकाबाट गरिएको यी दुई शिलान्यासले नगरको धार्मिक तथा सांस्कृतिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*