Breaking News
युवा नेतृत्व र सशक्तीकरण सम्मेलन-२०८२ जनकपुरधाममा सम्पन्न

युवा नेतृत्व र सशक्तीकरण सम्मेलन-२०८२ जनकपुरधाममा सम्पन्न

स्थानीय न्यूज
जनकपुरधाम, मंसिर १४ गते।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट भातृसंगठन समाजवादी युवा संघ, नेपाल – मधेश प्रदेश समितिको आयोजनामा “युवा नेतृत्व र सशक्तीकरण सम्मेलन-२०८२” आज जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले युवा नेतृत्व विकास, संगठन सुदृढीकरण तथा मधेश र देशभरका युवाहरूको सहभागिता वृद्धि गर्न यस्तो कार्यक्रम महत्त्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई सक्रिय भूमिकामा अगाडि ल्याइने बताउनुभयो।

सम्मेलनमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका युवा प्रतिनिधिहरूले राजनीतिक, सामाजिक र संगठनात्मक क्षमता विकासका विषयमा छलफल तथा प्रशिक्षणमा सहभागिता जनाएका थिए।

कार्यक्रमले युवा नेतृत्व निर्माण, सशक्तीकरण र समाजवादी आन्दोलनलाई आगामी दिनमा अझ प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजक समितिको अपेक्षा रहेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*