Breaking News
कटहरियामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरी हाजिर

कटहरियामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरी हाजिर

स्थानीय न्यूज
राैतहट,मंसिर १५ गते ।
रौतहटको कटहरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरी हाजिर हुँदै जिम्मेवारी सम्हालेका छन। आइतबार पालिकाको नगर प्रमुख अजय प्रकाश जैसवाल र लेखा अधिकृत कामेश्वर सहनीले चौधरीलाई स्वागत गर्दै औपचारिक रूपमा हाजिर गराएका हुन्।
नव नियुक्त अधिकृत चौधरीसँग नगरवासीले विशेष अपेक्षा राखेका छन्। लामो समयदेखि तलबविहीन अवस्थामा रहेका करार कर्मचारीहरूको समस्याको समाधान गर्ने र सर्वसाधारणलाई पारदर्शी, छिटो-छरितो सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
यसअघि कटहरिया नगरपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, उपसचिव गणेश नेपालीले सहज वातावरण नभएको कारण देखाउँदै करिब एक महिना अघि मन्त्रालय फिर्ता भएका थिए। त्यसपछिको रिक्ततामा अब चौधरीले नेतृत्व सम्हालेका हुन्।
नगरपालिका तथा स्थानीयबासीले नयाँ नेतृत्वले प्रशासनिक सक्रियता बढाई नगरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा राखेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*