Breaking News
३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परोहामा सम्पन्न 

३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परोहामा सम्पन्न 

मेवालाल यादव

रौतहट, मंसिर १७ गते।
रौतहट । छायाँ अपाङ्गता आवासीय आधारभूत विद्यालय, परोहा नगरपालिका-५ भेडियाहीमा अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवस-२०८२ विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। नेपाल सरकारद्वारा तय गरिएको राष्ट्रिय नारा
“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन”
लाई आत्मसात गर्दै तथा “मनोसामाजिक अपाङ्गता भएका व्यक्तिमाथि हुने चरम विभेद र अत्याचार अन्त्य गरौं” भन्ने मूल मर्मसहित कार्यक्रम आयोजना गरिएको हो।

उक्त कार्यक्रम Abilis Foundation, छायाँ नेपाल, राष्ट्रिय अपांग कल्याण संघ नेपाल, लोकतान्त्रिक अपांग जिल्ला समन्वय समिति नेपाल, अपाङ्गता भएका महिलाहरूको संजाल, राष्ट्रिय अपाङ्गता खेलकुद संगठन नेपाल, छाया अपाङ्गता आवासीय आधारभूत विद्यालय, कोसिस नेपाल तथा छाया सामुदायिक सिकाइ केन्द्र को संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि रौतहट क्षेत्र–२ का युवा सांसद उम्मेदवार शेख सगीर आलमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, शिक्षा, स्वास्थ्य, पहुँच–सुगमता र सामाजिक सम्मान सुनिश्चित गर्न स्थानीय तहदेखि संघीय तहसम्मको प्रभावकारी पहल आवश्यक रहेको बताए।
त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक रूपमा आत्मनिर्भर बनाउन दक्षता–उन्मुख तालिम, रोजगारीका अवसर र समुदायमै पु¥याइने सेवा–सुविधामा सुधार गर्नुपर्नेमा जोड दिइयो।

कार्यक्रमका क्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, प्रेरणादायी अभिव्यक्ति तथा विद्यालयका विद्यार्थीहरूको सहभागितायुक्त गतिविधिहरू पनि आयोजना गरिएको थियो।

राजेश साहका अनुसार जिगडवा माध्यमिक विद्यालय, मिल्लत प्रा.वि. पोखरिया, आधारभूत विद्यालय भेडियाही, नरकटिया, अन्होतिलाल माध्यमिक विद्यालय तथा स्वास्थ्य चौकी भेडियाही लगायतका संरचनाहरू छाया नेपाल तथा विभिन्न सहयार्थी संस्थाहरूको सहयोगमा स्थापना तथा सुदृढीकरण हुँदै आएको छ।

कार्यक्रमले समुदायमा अपाङ्गता अधिकार, समावेशी समाज निर्माण तथा सम्मानपूर्ण सहभागिताको सन्देश प्रभावकारी रूपमा प्रवाह गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा लोकतान्त्रिक अपांग जिल्ला समन्वय समिति नेपालका अध्यक्ष ललन चौरसियाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा रौतहट क्षेत्र–२ का युवा सांसद उम्मेदवार शेख सगीर आलम, परोहा नगरपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक प्रमुख आइसा हसन, प्रशासन प्रमुख इरफान आब्युब, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेस प्रदेशका सचिव राजेश साह, युवा नेता शेख फिरोज, शिक्षिका रिन्की कुमारी, प्रधानाध्यापक जान्की घिमिरे, अभिभावक, विद्यार्थी, पत्रकारलगायतको उपस्थिति  रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*