आरएन पटेल, रौतहट, पौष २३ गते।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको विस्तारित बैठकले दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणका लागि DOTIM परिसंघको रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

बैठकको निर्णयअनुसार २०८२ साल पौष २६ गते शनिबारका दिन हुने उक्त कार्यक्रम जसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रमुख वक्ता माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको छ। भेला चन्देश्वर पासवानको संयोजकत्वमा आयोजना हुन लागेको हो।
कार्यक्रम दिउँसो १ः०० बजे श्री राम जानकी धर्मशाला, गौर रौतहटमा हुने तय गरिएको छ। उक्त भेलामा दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायका अधिकार, प्रतिनिधित्व, सामाजिक न्याय तथा राजनीतिक सहभागिताका विषयमा गहन छलफल गरिने जनाइएको छ।
जसपा नेपाल रौतहट जिल्ला समितिले पार्टीप्रति आस्था राख्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई उक्त कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।
Sthaniya News
