स्थानीय न्यूज,रौतहट, पौष २३ गते।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मधेश प्रदेशमा दलित समूहबाट धर्मेन्द्र पासवान र अल्पसंख्यक समूहबाट रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन।
मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालय अन्तर्गत स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गराएका हुन। दलित समूहका उम्मेदवार पासवानको प्रस्तावकमा प्रदेशसभा सदस्य श्याम पटेल रहेका छन भने समर्थकमा मधेस सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय रहेका छन।
कांग्रेसले मधेश प्रदेशमा समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै उम्मेदवार अघि सारेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन।
Sthaniya News
