स्थानीय न्यूज, रौतहट,पौष २६ गते ।
रौतहटको वृन्दावन नगरपालिका-५ नरकटिया भवानीपुरस्थित श्रीराम जानकी आधारभूत विद्यालयमा आठ कोठे पक्की भवन निर्माणको शिलान्यास गरिएको छ।
नगर प्रमुख विनोद प्रसाद कुर्मीले शुक्रबार विधिवत पूजा-अर्चना सहित भवन निर्माण कार्यको औपचारिक सुरुआत हेतु उक्त सिलान्यास गरेका हुन।

नगरपालिकाको लगानीमा ३३ लाख ४२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनले विद्यालयको शैक्षिक वातावरणलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष फेकु दाससहित स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार, समाजसेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर प्रमुख कुर्मीले शिक्षा क्षेत्रमा गरिएको लगानीलाई नगरको दीर्घकालीन समृद्धिसँग जोड्दै गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार विकासमा नगरपालिका दृढतापूर्वक अघि बढिरहेको स्पष्ट गर्नुभयो।
Sthaniya News
