स्थानीय न्यूज, बारा,पौष २५ गते।
बाराको पचरौता नगरपालिकाको सहयोगमा दोस्रो पचरौता मेयर कप क्रीकेट प्रातियोगिता २०८२ आज देखि शुरु भएको छ । यस प्रतियोगिताका विजेतालाई नगद रु ५० हजार र उपविजेता टोलीलाई नगद रु २५ हजार र कप प्रदान गरिने छ। साथै म्यान ऑफ द म्याच, म्यान ऑफ द सीरीज, उत्कृष्ट बॉलर, बैट्स म्यान, अम्पायर लगायतलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक टीमका अध्यक्ष रुस्तम अंसारीले जानकारी दिएका छन ।

प्रतियोगितामा स्थानीय १६ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । पचरौताका युवा खेलाड़ी अन्तराष्ट्रीय स्तरसम्म पुगोस भन्ने उद्देश्यका साथ दोस्रो पचरौता मेयर कप क्रीकेट प्रतियोगिताको आयोजना गरिएको पचरौता नगरपालिकाका नगर प्रमुख जलंधर सिंहले जानकारी दिए। नगर प्रमुख सिंहले पचरौता मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । बिशुनपुर स्वास्थ्य चौकी नजिक खेल मैदानमा आयोजित उक्त टी २० क्रिकेट प्रतियोगितालाई नगर प्रमुख सिंहले रिविन काटेर र क्रिकेट खेलेर उद्घाटन गर्नुभयो।

सो उद्घाटन कार्यक्रममा नगर उप प्रमुख नसीमा खातून, पालिका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मी यादव, बिनय सिंह, मकबूल मियाँ अंसारी, प्रेम चौधरी, बनारसी बिन, धेनुक राउत कुर्मी, गगनदेव यादव, शिक्षा सहायक मुकेश कुमार सिंह, समाजसेवी बिनोद सिंह, नेवाजी अंसारी, प्रहरी, नगर प्रहरी, पत्रकार लगायत स्थानीय खेलाड़ी तथा दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन कमेन्टेटर मनीर खानको रहेको थियो।




Sthaniya News
