Breaking News
राजदेवी नपामा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न

राजदेवी नपामा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न

आरएन पटेल । रौतहट । माघ २५ गते
राजदेवीमा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ । आज माघ २५ गते आइतबार जनमत पार्टी अधिवेशन तयारी समिति रौतहट द्वारा तोकिएको अधिवेशन पर्यवेक्षक रविभुषण यादवको अध्यक्षतामा राजदेवी नगरपालिका वडा नं ९ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन उद्घाटन सभामा प्रमुख अतिथि जनमत पार्टी वरिष्ठ नेतृत्व मण्डल का केन्द्रीय संयोजक तथा जपा जिल्ला अध्यक्ष अशोक कुमार सिंह, विशिष्ट अतिथि मधेश नेतृत्व पुञ्ज को केन्द्रीय संयोजक ललित मल्लिक शानु , जिल्ला इन्चार्ज विनय कुमार वर्मा, जिल्ला सचिव एवं क्रान्तिकारी युवा नेता बिकास कुमार यादव , त्यस्तै जिल्ला सदस्य धर्मेन्द्र महतो , जिल्ला सदस्य रामपुकार साह , क्षेत्रीय अध्यक्ष राजकुमार साह, क्षेत्रीय सदस्य शिवसरन यादव, युवा प्रतिनिधि तथा राजदेवी नपा वडा नं ७ का वडा कोषाध्यक्ष अरूण यादव , वडा सचिव अमरेन्द्र कुमार साह लगायतका नेताहरुले संबोधन गर्नु भएको थियो । प्रमुख अतिथि अशोक सिंहले नगरवासी का लागि भइपरी आएको बेलाका लागि एम्बुलेन्स छैन तर छोटे राजाहरु हामीले तिरेको कर बाट पचास लाख को गाडीमा रजाईं गर्दै छ भनी जनता राज ल्याउनुको विकल्प छैन भनेका थिए । विशिष्ट अतिथि ललित मल्लिक शानू ले राजदेवी नगरपालिका का लागि बागमती नदी अभिशाप होइन नेतृत्वकर्ता हरुको बहाना हो। यिनीहरु संग रिभर साइड फार्मिङ र रिभर साइड टुरिजम को कुनै भिजन नभएर राजदेवी नगरपालिकाको यो दुर्दशा भएको बताउँदै इटली, मालदिभ्स र बंगलादेशका कैयन उदाहरणहरू दिएका थिए नदी अभिशाप होइन अबसर हो बताएका थिए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*