Breaking News
शून्य फाइल अभियान कार्यान्वयनमा दुर्गा भगवती गाउँपालिका सक्रिय

शून्य फाइल अभियान कार्यान्वयनमा दुर्गा भगवती गाउँपालिका सक्रिय

स्थानियन्यूज,रौतहट, बैशाख ०१ गते।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले “शून्य फाइल सप्ताह (Zero Pending File Week)” सम्बन्धी मार्गदर्शन कार्यान्वयनलाई तीव्रता दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त निर्देशनअनुसार गाउँपालिकाले मातहतका सबै कार्यालयलाई तत्काल प्रभावबाट काम अघि बढाउन निर्देशन दिएको हो।
वर्षको अन्तिम दिन अर्थात चैत ३० गते गाउँ कार्यपालिकाको कार्यालय, गंगा पिपराद्वारा जारी सूचनामा सबै शाखा प्रमुख, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरुलाई आ-आफ्नो कार्यालयमा रहेका बाँकी फाइलहरू समयमै फर्छ्यौट गर्न आग्रह गरिएको छ। सेवाप्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, प्रत्येक कार्यालयले दैनिक प्रगति विवरण अनिवार्य रुपमा बेलुका ५ बजेसम्म गाउँपालिकाको आधिकारिक व्हाट्सएप नम्बर (९८५५०४२४४१) मा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन शाखामार्फत थप जानकारी लिन सकिने उल्लेख गर्दै सूचना प्रविधि अधिकृत लखिन्द्र ठाकुरले अभियान सफल बनाउन सबै निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन।
यस अभियानले सेवाग्राहीलाई छिटो सेवा उपलब्ध गराउने र कार्यालयमा थुप्रिएका फाइल व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*