Breaking News
सर्वोच्च अदालतको निर्णयप्रति कटहरियामा कांग्रेसद्वारा दीप प्रज्जवलन

सर्वोच्च अदालतको निर्णयप्रति कटहरियामा कांग्रेसद्वारा दीप प्रज्जवलन

आरएन पटेल । रौतहट । फाल्गुन १३ गते
सर्वोच्च अदालतको संसद विघटन बदर गर्ने निर्णयप्रति रौतहटमा कांग्रेसले खुसीयाली मनाइएको छ ।
संसद पुर्ण स्थापनालाई लिएर नेपाली कांग्रेसले कटहरियामा बिजय जुलुस निकालेका छन ।


कांग्रेसका क्षेत्रिय सभापति राम भरोष राय यादवको अध्यक्षतामा रौतहट क्षेत्र नं। ३ का पुर्व सांसद एवम संबिधान सभा सदस्य सुनिल यादव उर्फ जितेन्द्रको प्रमुख आतिथ्यतामा कटहरिया बजारमा बैठक बसी बिबाह भवन बाट निकालियका बिजय जुलुस बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।
कोण सभामा परिणत भए पछि कटहरिया बजारमा अवस्थीत बिबाह भवन मण्डप अगाडी दिप प्रज्वलन गरि खुशीयाली मनाउदै कार्यक्रम गरेका थिए ।
बिजय जुलुसमा कांग्रेसका नेता कार्यकर्ताहरुले बिधीको शाषन लागु गर, असंबैधानिक सरकार मुर्दाबाद , स्वतन्त्र न्यायालय जिन्दाबाद, सर्वोचको फैसला स्वागत योग्य, नेपाली कांग्रेस जिन्दाबाद, भन्दै जुलुस निकालेका थिए ।


प्रधानमन्त्री केपी शर्मा ओली गएको पुस ५ गते प्रतिनिधी सभा बिघटन गरिएको थियो ।
तर ओलीको कदम असंबैधानिक भएको भन्दै सर्वोचले हिजो संसद पुर्ण बहाली गरेका छन ।
बिजय जुलुसलाई सम्बोधन गर्दै युवा नेता जितेन्द्र यादवले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पूरा गरेको बताएका छन ।
देशमा केपी ओली नेतृत्वको मन्त्री मण्डलबाट भईरहेको चोरीलाई तत्तकाल रोकनु पर्ने बताउनु भयो । देशको ढुकुटी सिध्याउने काम जुन अहिले मन्त्रीहरुको बाट भईरहेको छ भन्दै त्यस्ता कार्यलाई चाडै बन्द गर्न यो सरकारसंग माग गरेका छन ।
बिकाशको नाममा नेता मन्त्रीहरुले आर्थिक स्थिती मजबुत बनाईरहेको आरोप लगाउनु भयो ।
राजनितिक दलका नेता कार्यकर्ताहरुले सर्वोच्चले गरेको फैसलालाई स्वागत गर्दै खुसीयाली मनाएका छन ।
न्यायालयले लोकतन्त्र, गणतन्त्र, संविधान, देश र जनताको पक्षमा गरेको फैसलाले नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको यादवले बताए ।
राजनैतिक दलका नेता कार्यकर्ता मात्र नभएर सर्वसाधारणहरुले समेत संसद् पुनःस्थापनाको खुसी मनाएका् नेता यादवले बताएका छन ।


संसद विघटन गर्ने ओली सरकारको निर्णय सर्वोच्चले बदर गर्दै संसद पुर्नस्थापनाको बाटो खोलेपछि अब ओलीको तानाशाही समाप्त भएको समेत उनले बताए ।
बिजय जुलुसमा रौतहट जिल्ला समन्वय समितीका अध्यक्ष राम एकवाल राय यादव, कांग्रेसका बिधायक प्रत्यासी राम नारायण यादव, मेयर प्रत्यासी तथा नेपाली कांग्रेसका जिल्ला उपसभापति सुनिल यादव,फतुआ बिजयपुरका मेयर गोपाल प्रसाद यादव,पुर्व शिक्षक संघका जिल्ला अध्यक्ष राम मंगल यादव, कटहरिया नपा वडा नं। ५ का अध्यक्ष सर्फलाल गुप्ता, शम्भु कान्त यादव,उमेश यादव,कटहरियाका मेयर प्रत्यासी अजय प्रकाश जयसवाल,कुमार चौलागाई शेख सेराजुल, वडा प्रत्यासी हरिन्द्र यादव, राजाबाबु साह, क्षेत्र नं। ३ ख का क्षेत्रिय सभापति राअयोध्या राय यादव, शेख महबुल , अर्जुन यादव,शन्तोष साह, ल्याकत चुरियार,भोला राय ,श्रीराम यादव,हेमलाल साह सोनार,शुरेस कुशवाहा,शैलेन्द्र ठाकुर,जामुन ठाकुर, रामईश्वर राय यादव,गणेश यादव, चन्देश्वर यादव, लगाएतका नेता कार्यकर्ताहरुको बिषेश उपस्थिीमा कार्यक्रम संम्पन भएको थियो । कार्यक्रमको संचालन भौरोलाल महतोले गरेको सचिवालय सचिव गनिलाल यादवले जानकारी दिनु भयो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*