Breaking News
देवाही गोनाहि नपामा युवा नेता रूपेश पटेलको नेतृत्वमा बुझायाे ज्ञापनपत्र ।

देवाही गोनाहि नपामा युवा नेता रूपेश पटेलको नेतृत्वमा बुझायाे ज्ञापनपत्र ।

आर एन पटेल, चैत्र १७ गते

रौतहटको देवाही गोनाहि नगरपालिकामा विभिन्न शिर्षकमा भएको भ्रष्टाचार विरुद्ध ज्ञापनपत्र बुझाइएको छ । नगरपालिकाको एक स्थानीय युवा नेता रूपेश पटेलको नेतृत्वमा युवाहरूले नगरपालिकामा भएको बिकास निर्माणका कार्यहरुमध्ये विभिन्न शिर्षकमा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहलाई ज्ञापनपत्र बुझाएका छन ।

देवाही गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेमलाल साहले विभिन्न योजनाहरु लगत इष्टिमेट अनुसार नगरेको तथा उक्त योजनाहरुको गुणस्तरहिन कार्य गरि आर्थिक अनियमितता गरेकोले सो योजनाहरुको अनुगमन गरि अधुरो रहेको तथा भ्रष्टाचार गरेको योजनाहरुको भुक्तानी नगर्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत साहलाई अनुरोध गरेका छन । स्थानीय युवा नेता रूपेश पटेल लगायतको टोलीले ज्ञापनपत्रमा विभिन्न ३ बुन्दे मागहरु राखी ज्ञापनपत्र बुझाएका छन । जसमा उज्यालो कार्यक्रम , मलङ चौक देखि देवाही गोनाहि जाने बाटोमा भएको ग्रेभल कार्य , अस्पतालमा माटाे पुर्ने कार्य, पोलिटेक्निक ईन्स्टिच्युटमा माटाे पुर्ने कार्य, राशन खर्च, खाजा खर्चको भुक्तानी नगर्न अनुरोध गरिएको छ । साथै नगरपालिकामा रहेको जेसिबी द्वारा गरिएको कामकाजको लेखाजोखा सार्वजनिक गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझेपछि प्रतिक्रिया दिदै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत साहले ज्ञापनपत्र आउदो सोमबार बस्ने कार्यपालिकाको बैठकमा जस्ताको त्यस्तै प्रस्तुत गर्ने बताए । यस विषयमा कार्यपालिकाले जे निर्णय गर्छ सो को बारेमा जानकारी गराउने प्रतिक्रिया दिएका हुन । तथा यस विषयमा नगर प्रमुख प्रेमलाल साहले आफुमाथी लगाइएको सम्पुर्ण आरोपहरु झुठा तथा निराधार रहेको बताउनु भएको छ । उज्यालो कार्यक्रम अन्तर्गतका योजना नगरपालिकाको सम्पुर्ण वडाहरुमा सन्चालन भइ काम सकिएको, त्यस्तै ग्राभेल कार्यको योजना सकेर पुनः अर्को टेण्डर भइ कार्य सन्चालन हुँदा पनि आफ्नो योजनाहरुको भुक्तानी दिन नमानेको नपाको प्रमुख प्रशासकीय अधिकृत साहले अटेरी गरि बारम्बार अनुगमनको लागि भन्दा पनि नसुन्ने बहाना गरेको बताएका छन । साथै केही व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा हुन नपाउदा विभिन्न बहाना , बखेडा झेकी आफू र नगरपालिकालाई बदनाम गर्न खोजेको आरोप लगाएका छन । यस अघि आज दिउँसो ज्ञापनपत्र बुझाउन जादा खेरी मेयर पक्ष र ज्ञापनपत्र बुझाउने पक्ष बिच बिबाद भएको थियो । जस कारण नगरपालिकाको अवस्था तनाव ग्रस्त बनेको थियो । इप्रका देवाही गोनाहिका टोली र सशत्र प्रहरीको टोली त्याहा पुगि बिबादलाई साम्य पारेका  थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*