रौतहट, मंसिर ०९ गते।
रौतहटको राजपुर-९ बैरियामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ।

जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ९ बैरिया स्थित लालबकैया खोलाको पश्चिम तर्फको बाँधको बाटोको पुर्व भित्ता (कत्ता) भिरालो जमिनमा शनिबार बेलुका करिब ४ बजेको समयमा अन्दाजी बर्ष २२ को महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी गराएका छन ।
जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी टोलीले घटना स्थलमा पुगी शव जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतकको लास पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाइएको प्रहरीले जानकारी गराएका छन ।

साथै निज मृतक महिलाको हाल सम्म पहिचान नखुलेको तथा जानकारी हुने जो कोही ले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउन अनुरोध समेत गरेका छन ।
Sthaniya News
