Breaking News
गौर नगरपालिकाको नगरसभाबाट ६५ करोड़ भन्दा बढीको बजेट पारित ।

गौर नगरपालिकाको नगरसभाबाट ६५ करोड़ भन्दा बढीको बजेट पारित ।

चन्दन कुमार महतो,अषाढ ०७ गते ।

रौतहटको गौर नगरपालिकाको १४ औं नगरसभा नगर कार्यपालिको सभा हलमा सम्पन्न भएको छ । १४ औं नगरसभाको नगर उपप्रमुुख शैल देवीको अध्यक्षतामा सम्पन्न भएको छ ।

गौर नगरपालिकाको प्रवक्ता अर्जुुन सिंहले बजेट प्रस्तुत गर्दै शिक्षा , स्वास्थ्य , पर्यटन , पुर्वाधार र ब्यापार , सुन्दर , समृद्ध तथा समुन्नत गौर आधार नाराको साथ गौर नगरपालिकाले आर्थिक वर्ष २०८१l०८२ मा ६५ करोड ११ लाख ८० हजार अनुमानित बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका छन् । चालू आ.व.का लागि कुल संशोधित बजेट ६५ करोड ११ लाख ८० हजार नगरसभाबाट स्वीकृत भएको छ ।

स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धि विधेयक, पूर्वाधार, सुशासन, खेलकुद, कृषि तथा पशु, उद्यमशीलता तथा प्रवद्र्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी साझेदारी, समाजिक विकास, स्वास्थ्य तथा पोषण, महिला बालबालिका किशोर किशोरी, जेष्ठ नागरिक, अपांगता तथा समाज कल्याण, समाजिक विकास, सुरक्षा तथा संरक्षण, सूचना तथा संचार, विपद् व्यवस्थापन लगायतका दर्जनौं लोक कल्याणकारी नीति प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष ०८१/०८२ को अनुमानित बजेट ।

नगरपालिकाको आन्तरिक राजश्व तर्फ अनुमानित रु. १ करोड ७५ लाख, संघीय समानीकरण अनुदान तर्फ रु. ११ करोड ९२ लाख र प्रदेश सम्मानीकरण अनुदान तर्फ रु. ८६ लाख ३ हजार गरी जम्मा रु. १२ करोड ७८ लाख ३ हजार, संघीय सशर्त अनुदान तर्फ रु.२४ करोड ३९ लाख ७७ हजार र प्रदेश सशर्त अनुदान तर्फ रु.९५ लाख गरी जम्मा रु. २५ करोड ३४ लाख ७७ हजार, प्रदेश समपुरक अनुदान तर्फ रु २० लाख, संघीय विशेष अनुदान तर्फ रु.१ करोड ७५ लाख र प्रदेश विशेष अनुदान तर्फ रु.३० लाख गरी जम्मा रु.२ करोड २५ लाख, संघीय राजश्व बाँडफाँड तर्फ रु.८ करोड ४९ लाख र प्रदेश राजश्व बाँडफाँड तर्फ रु.५० लाख गरी जम्मा रु.८ करोड ९९ लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन शुल्क बाँडफाँडबाट प्राप्त हुने रकम अनुमानित रु.१ करोड, सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुदान रु १ करोड, सामाजिक सुरक्षा भता रकम रु. १२ करोड गरी कुल बजेट रकम रु. ६५ करोड ११ लाख ८० हजार रहेको छ । जसमध्ये चालु खर्च तर्फ रु.४१ करोड ७५ लाख ८० हजार अर्थात कूल बजेटको (६३.५०%) वित्तिय व्यवस्थापन खर्च तर्फ रु ४५ लाख अर्थात कूल बजेटको (०.६८%) र पुँजीगत खर्च तर्फ रु.२२ करोड ९१ लाख अर्थात कूल बजेटको (३५.८२%) रहेको छ।

चालु आ.व.मा बिनियोजित बजेट मध्ये क्षेत्रगत खर्च तर्फको बजेट । आर्थिक विकास क्षेत्र तर्फः रु.३ करोड ५० लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छु । जुन कूल बजेटको ५.३७ प्रतिशत हुन आउछ । सामाजिक विकास क्षेत्रः – (सामाजिक सुरक्षा भत्ता समेत) रु. १६ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छु । जुन कूल बजेटको २५.९५ प्रतिशत हुन आउछ । पूर्वाधार विकास क्षेत्रः – रु. २२ करोड ३६ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । जुन कूल बजेटको ३४.३४ प्रतिशत हुन आउँछ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रः रु.१ करोड १० लाख ४० हजार विनियोज गरेको छ । जुन कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रः – शिक्षा, स्वास्थ्य, कृषि पशु सेवा, महिला विकास, राष्ट्रिय कूल बजेटको १.७० प्रतिशत हुन आउँछ । पंजिकरण विभाग, समृद्धि कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम र नगरपालिका समेतको लागि एकमुष्ट रु.२१ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*