आरके श्रीवास्तव
गरूडा,चैत्र२८ गते।
जनता समाजवादी पार्टी (जसपा) काे जिल्ला अध्यक्षमा राजिव रंजन यादव निर्वाचित भएका छन् । आफना निकटतम प्रतिद्वन्द्वी श्याम बिहारी यादव लाई ६६ मतले पराजित गरेका हुन् ।
राजिव रंजनले १९६ मत पाएका छन् । भने श्याम बिहारीले १३० मत पाएका छन् । अध्यक्ष पदका लागि २ मत बदर भएको छ ।

उपाध्यक्षमा पारस भण्डारी र अमरूल हक विजयी भएका हुन् । उनीहरूले क्रमशः १९८ र १८५ मत पाएका छन् ।
उपाध्यक्षका अन्य उम्मेदवारहरू अमृतलाल चौधरी १०९
र रामेश्वर रायले १३२ मत पाएका छन् ।
त्यस्तै सचिवमा शम्भु प्रसाद यादवले १९१ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जयराम महतोले १२६ पाएका छन् ।

सह सचिव उपेन्द्र रायले १८७ र दीपेन्द्र पटेलले १९८ मत प्राप्त गरि विजयी भएका छन् । साेही पदका उम्मेदवारहरू प्रवेज़ आलमले १२४ र वसन्त झाले ११४ मत पाएका छन् ।


यस्तै कोषाध्यक्षमा बृज मोहन साह १७२ प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र बैठाले १४२ मत पाएका छन् ।
बिहिवार भएको जसपा नेपाल रौतहटको जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्य समितिको विभिन्न पदका लागि भएको निर्वाचनमा कुल ३४३ मत मध्ये ३२९ मत अर्थात् ९६% मतदान भएको निर्वाचन अधिकृत शैलेन्द्र यादवले जानकारी गराएका हुन ।
Sthaniya News
