Breaking News
जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान

जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान

आरएन पटेल, साउन २१ गते।
जसपा नेपाल रौतहटद्वारा नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान गरिएको छ। जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले नव प्रवेशीहरुलाई एक कार्यक्रमका बिच भव्य स्वागत तथा सम्मान गरेको छ।


रौतहटको कटहरिया नगरपालिका वडा नं. -५ कटहरिया बजार निवासी युवा नेता राजाबाबू साह नेतृत्वको नव प्रवेशीहरूलाई बुधवार जसपा नेपाल जिल्ला कार्य समिति रौतहटद्वारा आयोजित एक कार्यक्रममा भव्य स्वागत तथा सम्मान गरिएको छ। नव प्रवेशीहरुलाई जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष तथा बौधिमाई नगरपालिकाको पुर्व मेयर राजिव रंजन यादव (राजु) को अध्यक्षतामा उक्त स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो। जसपा नेपाल रौतहटको पार्टी कार्यालय गौरको प्रांगणमा उक्त स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोबिन्द चौधरी, केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, केन्द्रीय सल्लाहकार समिति सदस्य विश्वनाथ पटेल, जिल्ला समन्वय समितिको पूर्व उपसभापति रामबशिष्ठ राय यादव, युवा नेता राजकुमार दास, जिल्ला कार्य समितिका सदस्यगण, समाजवादी युवा संघ रौतहटका जिल्ला अध्यक्ष पुनप्रताप पटेल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*