Breaking News
नेपाल किसान महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न

नेपाल किसान महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न

स्थानीय न्यूज,बिरगंज, साउन २२ गते।
नेपाल किसान महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन भव्यताका सम्पन्न भएको छ। पर्सा जिल्लाकाे विरगंजमा “आफ्नो देशको उत्पादन हाम्रो शान, कृषिमा उन्नति हाम्रो अभियान” भन्ने मूल नाराका साथ महासंघको अधिवेशन सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र)ले “मात्र डिप बोरिङमा भर पर्नु दीर्घकालीन समाधान होइन” भन्दै चुरे विनाश रोक्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
सिंचाइको समाधानका लागि मरीन डाइभर्सन लगायतका आयोजनाहरूको समयमै सम्पन्नता अपरिहार्य भएको अर्थमन्त्री यादवको भनाइ थियो ।

साे अधिवेशनमा मधेस सरकारका कृषिमन्त्री जनार्दन शर्मा क्षेत्री,महासंघका प्रदेश अध्यक्ष सन्तलाल साहको अध्यक्षता साथै ८ वटै जिल्लाका किसान नेताहरू, मेयर–उपमेयर, तथा अन्य स्थानिय नेताहरूको उपस्थिति रहेको थियो । रौतहटबाट समेत प्रतिनिधित्व गर्दै अर्थमन्त्रीका स्वकीय सचिव गणिलाल प्रसाद यादव, नेता बालमिकी यादव, कटहरिया–४ का वडा प्रत्यासी हरिन्द्र राय यादव, पूर्व वडा अध्यक्ष शम्भु यादव, तथा वडा प्रत्यासी दिपलाल यादव लगायतको सहभागिता रहेकाे थियोे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*