Breaking News
रौतहटमा जसपा नेपालको मधेस प्रदेश अधिवेशन प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न

रौतहटमा जसपा नेपालको मधेस प्रदेश अधिवेशन प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न

आरएन पटेल
रौतहट, असोज २१ गते।

रौतहटको क्षेत्र नं. २ ख मा जसपा नेपालको मधेस प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न भएको छ । असोज २१ गते मंगलवारका दिन बौधिमाईको इनरवारीमा रौतहट क्षेत्र नं. २(ख) अन्तर्गत बौधिमाई नगरपालिका, परोहा नगरपालिका र देवाही गोनाही नगरपालिकाका जनता समाजवादी पार्टी  (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा मधेस प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय कार्यकारिणी समिति सदस्य राम किशोर यादव रहनु भएको थियो। उहाँको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा पार्टीका स्थानीय तहका पदाधिकारी, कार्यकर्ताहरू र सरोकारवालाबीच विस्तृत छलफल तथा सुझाव आदान-प्रदान गरिएको थियो।

छलफलबाट राम किशोर प्रसाद यादव, जिल्ला अध्यक्ष राजीव रन्जन यादव तथा संगठित सम्पूर्ण सक्रिय सदस्य एवं पार्टी प्रतिनिधिहरुको रोहबरमा ८ जना मधेश प्रदेश अधिवेशन प्रतिनिधि छनोट गरिएको हो।
छनोट गरिएको प्रतिनिधिहरुमा बैनाथ साह कलबार, धर्मेन्द्र प्रसाद पटेल, असेसर राय यादव, नरेन्द्र कुमार सिन्हा, दिलीप कुमार पटेल, अकेलश राय यादव, अंशु प्रिया सिंह र राम बाबु प्रसाद चौरसि‌या रहेका छन ।

छलफलमा सहभागी नेताहरूले पार्टी संगठन सुदृढीकरण, आगामी प्रदेश अधिवेशनलाई सफल बनाउन सबै तह र तप्काबाट एकता, सहकार्य र अनुशासनमा जोड दिए। साथै प्रतिनिधि छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र सहमतिको माध्यमबाट सम्पन्न गर्ने निर्णय गरिएको बताइएको छ।

कार्यक्रमको अन्त्यमा केन्द्रिय सदस्य यादवले भने, “मधेसको अधिकार, पहिचान र विकासका लागि जसपा नेपाल प्रतिबद्ध छ। प्रतिनिधि छनोट पार्टीको सशक्त संगठन निर्माणतर्फको महत्वपूर्ण कदम हो,” भन्दै सबैलाई आगामी अधिवेशन सफल पार्न एकजुट हुन आग्रह गर्नुभयो।
रौतहट क्षेत्र नं. २(ख) का नेता तथा कार्यकर्ताहरूले समेत आगामी मधेस प्रदेश अधिवेशनलाई ऐतिहासिक र सफल बनाउन प्रतिवद्धता जनाएका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*