आरएन पटेल
रौतहट,असोज २१ गते ।
जसपा नेपालको मधेश प्रदेश अधिवेशनका लागि रौतहट क्षेत्र नं ३(क) बाट प्रतिनिधि चयन गरिएको छ । जनता समाजवादी पार्टी नेपालको ऐतिहासिक मधेश प्रदेश अधिवेशन यहि मिति २०८२ साल असोज २७ र २८ गते जनकपुरधाम, धनुषामा हुने तय भएको छ। सो अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू छनोट गर्ने उद्देश्यले रौतहट क्षेत्र नं ३(क) अन्तर्गत पर्ने गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका र कटहरिया नगरपालिका वडा नं ०१ का नेता-कार्यकर्ताहरूको उपस्थितिमा एक विशेष प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै केन्द्रीय सदस्य तथा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी धामि, केन्द्रीय सदस्य राम असरे चौधरी, प्रदेश कार्यकारिणी सदस्य पुनित राम र बिजय चौधरी, जिल्ला कमिटीका पदाधिकारी, गुजरा नगर अध्यक्ष अनुठा धामि र फतुवा विजयपुर नगर अध्यक्ष जयमङ्गल प्रसाद यादव लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकले आगामी मधेश प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका रूपमा चार जना प्रतिनिधि चयन गरेको छः
१. पुनित राम
२. बिजय कुमार चौधरी
३. ललिता कुमारि चौधरी
४. फुलमहमद मंसुरी
कार्यक्रमले पार्टी संगठनलाई अझ सुदृढ बनाउने र आगामी अधिवेशनलाई सफल पार्न सबै तहका कार्यकर्ताहरूलाई सक्रिय रहन आह्वान गर्दै सम्पन्न भएको थियो।
Sthaniya News
