आरएन पटेल, रौतहट, असोज २१ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको आगामी मधेश प्रदेश अधिवेशनका लागि रौतहट क्षेत्र नं. १(क) अन्तर्गतको प्रतिनिधि छनोट कार्य आज सम्पन्न भएको छ।
गौर नगरपालिका र राजदेवी नगरपालिकाका सम्पूर्ण नेता तथा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका पूर्व कृषि राज्यमन्त्री माननीय योगेन्द्र यादव र जिल्ला उपाध्यक्ष अमरुल हक उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा उपस्थित संगठित सक्रिय सदस्य एवं पार्टी प्रतिनिधिहरूको छलफल र सहमतिका आधारमा मधेश प्रदेश अधिवेशनका लागि तीन जना प्रतिनिधि चयन गरिएको छ। चयन भएका प्रतिनिधिहरूमा पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, दिनेश कुमार यादव र सीता कुमारी रहेका छन्।
पार्टी कार्यालय सचिव समेत रहेका अधिवेशन प्रतिनिधि दिनेश कुमार यादवले चयन प्रक्रिया पारदर्शी र एकतामूलक वातावरणमा सम्पन्न भएको जानकारी दिनुभयो।
निर्वाचित सम्पूर्ण प्रतिनिधिहरूलाई प्रमुख अतिथि पूर्व राज्यमन्त्री यादवले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टी संगठन सुदृढीकरण र प्रदेश अधिवेशनलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
Sthaniya News
