काठमाडौं, बैशाख ०३ गते २०८३ ।
नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर ३० रुपैयाँ वृद्धि गरेको छ भने पेट्रोलको मूल्य यथावत राखिएको जनाएको छ। निगमले बुधवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य बैशाख ३ गते बिहान ००:०१ बजेदेखि लागू हुनेछ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको लागत उच्च बनेको छ। इण्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको हो।
नयाँ मूल्य संरचना (डिजेल/मट्टीतेल)
पहिलो वर्ग: रु. २३४.५० प्रति लिटर
दोस्रो वर्ग: रु. २३६.०० प्रति लिटर
तेस्रो वर्ग: रु. २३७.०० प्रति लिटर
काठमाडौं, पोखरा र दिपायल लगायत क्षेत्र तेस्रो वर्गमा पर्छन्।
हवाई इन्धन (आन्तरिक) बढेर रु. २५६.०० प्रति लिटर पुगेको
घाटा अझै कायम
मूल्य वृद्धि गरेपछि पनि निगम अझै ठूलो घाटामा रहेको छ। हालको मूल्य अनुसार:
डिजेलमा प्रति लिटर करिब रु. ९९ भन्दा बढी घाटा पेट्रोल, मट्टीतेल र एलपी ग्यासमा पनि घाटा जारी रहेको छ।
निगमका अनुसार हाल पनि पाक्षिक रूपमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा भइरहेको छ।
उपभोक्तालाई अपिल
निगमले असहज अन्तर्राष्ट्रिय परिस्थितिका कारण उत्पन्न संकटलाई ध्यानमा राख्दै उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। समग्रमा, मूल्य वृद्धि भए पनि निगमको आर्थिक अवस्था अझै सुधार हुन नसकेको देखिन्छ, जसले भविष्यमा थप मूल्य समायोजनको संकेत पनि दिन्छ।

Sthaniya News
