Breaking News
रौतहटमा बोका चोरी गर्ने युवक पक्राउ, प्रहरीले गर्‍यो सफल उद्धार

रौतहटमा बोका चोरी गर्ने युवक पक्राउ, प्रहरीले गर्‍यो सफल उद्धार

रौतहट, बैशाख ०५ गते ।
जिल्लाको चन्द्रपुर नगरपालिका–५ मा भएको बोका चोरी प्रकरणमा प्रहरीले तीव्र सक्रियता देखाउँदै चोरीमा संलग्न एक युवकलाई नियन्त्रणमा लिएको छ।
स्थानीय शिवम माझीको घरबाट चोरी भएको बोका खोजी गर्ने क्रममा प्रहरी टोलीले विशेष अनुसन्धान सञ्चालन गरेको थियो। सोही क्रममा देवाही गोनाही नगरपालिका–६ उचिडीह निवासी अन्दाजी २७ वर्षीय विक्रम ठाकुरलाई चोरी भएको बोका सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको बोका सम्बन्धित धनीलाई सुरक्षित रूपमा फिर्ता बुझाइएको छ। पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धानका लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
यस घटनाले ग्रामीण क्षेत्रमा हुने पशुचोरी नियन्त्रणतर्फ प्रहरीको सक्रियता देखिएको स्थानीयवासीले बताएका छन्। प्रहरीले यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न निरन्तर निगरानी बढाएको जनाएको छ।

बोका धनिलाई बुझाउदै प्रहरी:

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*