आरएन पटेल । रौतहट माघ ७ गते
रौतहको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले बुधबार एक कार्यक्रमका बिच बिधालय भवनको शिलान्यास गर्नु भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा नमुना बिधालय भवनको लागि आएको रकम बाट वडा नम्बर ९ धरहरीमा अवस्थीत श्री जय किसान उच्च माध्यमिक बिधालयमा सो नयाँ भवन बन्न लागेको हो ।वडा अध्यक्ष राजेश साहको रोहबरमा मेयर पटेलले तीन कोठे भवनको शिलान्यास गर्नु भएको छ। प्रधानाध्यापक उमेश कुमार यादवको अध्यक्षता भएको शिलान्यासमा देवाही गोनाही नगरपालिकाका शिक्षा संयोजक अरबिन्द यादव, वडा अध्यक्ष राजेश साह, पुर्व प्रधानाअध्यापक राजकिशोर प्रसाद यादव, बिधालका शिक्षाकहरु स्थानिय भद्रभलादमी लगाएत सैयोको संख्यामा ब्यक्तिहरुको उपस्थिती रहेको मेयरका सोकिय सचिव अशोक पटेलले जानकारी दिनु भयो ।
Sthaniya News
