Breaking News
मौलापुरमा नेपाल संचारकर्मी संघ रौतहटको बैठक सम्पन्न

मौलापुरमा नेपाल संचारकर्मी संघ रौतहटको बैठक सम्पन्न

आरएन पटेल । रौतहट । माघ ०७ गते
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नेपाल संचारकर्मी संघ रौतहटको प्रथम बैठक सम्पन्न भएको छ । मौलापुर नगरपालिका स्थित रहेको पिकनिक पार्कमा सञ्चारकर्मीहरूको बैठक बोलाईएको थियो । संघका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा उक्त बैठक बसेको थियो ।


बैठकमा संघको विधान लेखन , कार्यालय संचालन गर्ने सम्बन्धमा छलफल भएको थियो । बैठकमा संघको विधान तयार पारी नियमअनुसार दर्ता गराउने , संघको कार्यालय मध्य रौतहटको गरूडामा राख्ने निर्णय सर्वसहमती बाट निर्णय गरिएको छ ।
यस अवसरमा संघका अध्यक्ष यादव सँगै वरिष्ठ उपाध्यक्ष रौशन चौधरी , उपाध्यक्ष राजेश पासवान , सचिव धिरेन्द्र साह , सह सचिव रमेश कुमार यादव , कोषाध्यक्ष विजय कुमार साह सहित संघका सदस्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*