Breaking News
जिल्लाभरीको सबै स्थानीय तहमा वडा स्तरीय नेपाली काँग्रेसको विरोध प्रदर्शन

जिल्लाभरीको सबै स्थानीय तहमा वडा स्तरीय नेपाली काँग्रेसको विरोध प्रदर्शन

आरएन पटेल। रौतहट । माघ ०९ गते
नेपाली काँग्रेसले हिजो बिहीबार रौतहट जिल्लाको सबै वडामा वृहत् विरोध प्रदर्शन गरेको छ । काँग्रेस पार्टीको केन्द्रिय सर्कुलर अनुसार जिल्लाभरीको सबै वडामा सो पार्टीका नेता कार्यकर्ताहरुले वृहत् प्रदर्शन गरेका थिए ।
नेपाली काँग्रेस रौतहटका स्थानीय नेता कार्यकर्ताले जिल्ला सदरमुकाम गौर, कटहरिया , मौलापुर , गरुडा, चन्द्रपुर, फतुवा विजयपुर, गुजरा, देवाही गोनाही, बौधिमाईलगायत जिल्लाको १८ वटै पालिकाहरूमा वडा स्तरीय प्रदर्शन गरेको नेपाली काँग्रेस रौतहटले जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरि असंबैधानिक, अलोकतान्त्रिक कदम चालेको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले विहिवार देशव्यापी रुपले वडा स्तरिय बिरोध रैली प्रदर्शन गरेसँगै रौतहटमा पनि प्रदर्शन गरिएको छ ।
यसैक्रममा रौतहटको वृन्दावन नगरपालिकाका वडा नं।८ मा पनी वृहत रैली तथा बिरोध प्रदर्शन भएको छ ।
राधेश्याम श्रीवास्तवको सभापतित्वमा भएको सो कार्यक्रम बहुअरी देखि सुरु भई,बरगजवा हुँदै आँकडपाथर भरी परिक्रमा गरि पुणस्बरगजवामा आएर कोण सभामा परिणत भएको थियो ।


सो कोण सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष नाजि हुसैनले भन्नू भयो,प्रधान मन्त्रीकेपी शर्मा ओलीले संघिय संसद विघटन गरेर देशलाई बर्वाद गर्ने संकेत रहेकोले संसद विघटनको निर्णय फिर्ता लिन हामी सडकबाट आन्दोलनरत रहनेछु र जब जब देश संकटमा परेकोछ देशलाई बचाउनका निम्ति नेपाली कांग्रेश पार्टीको हमेसा लडेको छ। साथै ओलीले चालेको कदम अलोकतान्त्रिक,असंवैधानिक रहेकोले अब देशलाई बचाउनका निम्ति नेपाली कांग्रेश पार्टी हरहमेसा तयार रहने भन्दै अबको दिनमा नेपाली कांग्रेसनै सतामा आउने ठोकुवा समेत गरेकाछन।

उक्त कार्यक्रमको प्रमुख अथितिमा वृन्दावन नगरपालिकाको नगर प्रमुख रामस्नेही यादव,विशिष्ट अथितिमा क्षेत्र नं।४ को विधायक प्रत्याशी उमेदवार रामअज्ञा राय यादव,नेपाली कांग्रेस का वाडा सभा पति राधेश्याम श्रीवास्तव , अथितिमा पूर्व गा।वि। स। अध्यक्ष सतार मुखिया ,नेपाली काग्रेस का क्षेत्रीय सदस्य वीरेन्द्र राय यादव,नमूना मा।वि। बरगजवाका विद्यालय व्यवस्थापन को समिति को अध्यक्ष सिकिन्द्र राय यादव, वृन्दावन नगर पालिका को प्रवकता गजेन्द्र पाल लगायत सयौं स्थानीय वासी उल्लेख्य महिला,परुष वृद्ध एवम कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेपाली कांग्रेस का जिला सदस्यअशोक प्रसाद कुशवाहाले गरेका थिए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*