आरएन पटेल। रौतहट । माघ ०९ गते
रौतहट जिल्लाको वृन्दावनमा दर्जनौं मानिसहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको वृन्दावन नगरपालिका वडा नं।८ बरगजवा मा आयोजित बिरोध सभा पछि आयोजित कोण सभामा दर्जनौं व्यक्तिले अन्य अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

नेकपा लगायत अरु पार्टी परित्याग गरि दर्जनौं नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेसले घोषणा गरेको देशव्यापी,वडा स्तरीय बिरोध रैली तथा बिरोध प्रदर्शन अनुसार बिहीवार रौतहटको वृन्दावन नगरपालिका वडा नं।८ बरगजवा मा आयोजित बिरोध सभामा दर्जनौं व्यक्तिले अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरुमा पुनित यादव,रोशन यादव,उपेन्द्र पटेल,रामएकवाल साह,राम अषिस महतो,रामरेख राम,नन्दलाल राम,चुनिलाल राम,विस्वनाथ पंडित,देवनरायण महतो,मदन साह,शंकर साह,सुरुज पासवान,रामएकवाल पासवान रहेका छन ।

नवप्रवेशी व्यक्तिहरुलाई नेपाली कांग्रेसका नेता तथा वृन्दावन नगरपालिकाका नगर प्रमुख रामसनेही यादव र वडा नं।८ का वडा अध्यक्ष दिनानाथ महतोले फुलमाला तथा अबिर लागागई स्वागत गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै मेयर यादवले कांग्रेसले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्छ कुनैदिन पनि कांग्रेस प्रवेश गरेकामा तपाईंहरुलाई पश्चाताप हुने छैन भन्दै मुलुकको सबै समस्याको समाधानको नाम नै नेपाली कांग्रेस भएको बताए ।

मन्तव्यको अधिकांश समय केपी ओली नेतृत्वको सरकारको आलोचना गरेका नेता यादवले प्रतिनिधि सभा विघटनको भुललाई अदालतले सच्याउनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रम नेपाली कांग्रेसको वडा सभापति राधेश्याम श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Sthaniya News
